पूर्व राष्ट्रवादी कंग्रेसी नेता चुन्नीलाल गुप्तको निधन

IMG-20220902-WA0129.jpg

खरसाङ: खरसाङको वार्ड नम्बर १४, पंखाबारी रोड निवासी एक राष्ट्रवादी कंग्रेसी चुन्नीलाल गुप्तको निधान भएको छ। उनी केही समयदेखि अस्वस्थ्य थिए। परिवारिक सूत्रबाट प्राप्त जानकारी अनुसार उनको अवस्था निकै बिग्रिएपछि उपचारको निम्ति सिलगढ़ीको एउटा निजी नर्सिङ होममा उपचारको निम्ति भर्ती गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। उनको अन्तिम संस्कार खरसाङमा गरिएको छ। उनले आफूपछि आफ्नो पत्नी माया तामाङ गुप्तालाई छोड़ी गएका छन्‌। प्राप्त जानकारी अनुसार स्व चुन्नीलाल गुप्तले स्वतन्त्रता सेनानी तथा कंग्रेसी नेतृत्वहरू सावित्री देवी, सरयू प्रसाद पोद्दार, रामनाथ दुवे, डीबी छेत्री, मयादेवी छेत्रीसित नजिकमा रहेर कार्य गरेका थिए। ६० को दशकमा उनी कंग्रेसका दार्जीलिङ जिल्ला समिति सांगठनिक सचिवको पदमा रहेर सक्रिय रूपमा कार्य गरेका थिए। २०१३-१४ मा दिल्लीमा सत्याग्रही अन्ना हजारेले गरेको भ्रष्टचार विरोधी आन्दोलनको समर्थन गर्दै स्व चुन्नीलालले एक्लै राष्ट्रीय झण्डा बोकेर खरसाङ बजारको परिक्रमा गर्दै हजारेको आन्दोलनलाई समर्थन जनाएका थिए। चुन्नीलालको निधनमा खरसाङका कतिपय संघ-संस्था अनि व्यक्ति व्यक्तित्वहरूले शोक प्रकट गरेका छन्‌। उनको निधनमा शोक प्रकट गर्दै पूर्व वार्ड कमिश्नर, समाज सेवक विनोद प्रकाश शर्माले भने, आज हामीले एक राष्ट्रवादी कंग्रेसी समाजको निम्ति केही गर्नु पर्छ भन्ने असल व्यक्तिलाई गुमाएका छौँ। उनले आफ्नो जीवनकालभरि कंग्रेसी सिद्धान्तलाई भुलेनन्‌। उनी एक साँचो देशभक्त थिए। खेल जगतमा सक्रिय खरसाङ डिभिजनल बडिबिल्डिङ एवं फीटनेश एसोसिएशनका अध्यक्ष सञ्जय छेत्रीले खरसाङको एक समयका प्रशिद्ध फुटबल क्लब सुनगाभाका खेलाड़ीहरूले कुनै पनि टुर्नामेन्टमा जान अघि अथवा टुर्नामेन्टबाट फर्किएपछि चुन्नीलालको दोकानमा चिया चमेना गर्ने गरेको बताउँदै उनको निधनमा शोक प्रकट गरेका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement