खरसाङको अम्बटे चियाबारीमा स्वनिर्भर दलहरुद्वारा निर्मित साबुन निर्माण परियोजनाको हर्षवर्ध्दन श्रृङ्खलाको बाहुलीबाट उदघाटन

IMG-20250111-WA0151

खरसाङ: दार्जीलिङको एउटा गैर सरकारी संस्था दार्जीलिङ सेवा संस्थाले अर्को अन्तराष्ट्रिय गैर सरकारी संस्था बील मिलिण्डा गेट्स फाउण्डेशनको सहयोगमा दार्जीलिङ पहाडका बन्द चियाबारीहरूलाई लिएर त्यहाँका मानिसहरूको जीवन यापनमा केही सुधार आवोस् भन्न हेतु विभिन्न परियोजनाका कार्यक्रमहरू गरिरहेको छ। यसै सन्दर्भमा खरसाङको अम्बटे चियाबारीमा पनि संस्थाले कार्य शुरू गरेको छ। यसै विषयलाई लिएर अम्बटेमा एक कार्यक्रमको आयोजना गरियो। अम्बटे चियाबारीको पाँचघरे सार्वजनिक भवनमा सम्पन्न कार्यक्रममा दार्जीलिङ सेवा संस्थाका प्रमुख हर्षवर्ध्दन सिङ्लाको विशेष उपस्थिति रहेको थियो। त्यसबाहेक बील मिलिण्डा गेट्स फाउण्डेशनका प्रतिनिधि अनि अन्य विभिन्न संस्थाका प्रतिनिधिहरू, पाण्डु ग्राम पञ्चायतका प्रधान अनि सचिव लगायत अन्य प्रतिनिधिहरू, पञ्चायत सदस्यहरू, स्थानीय गण्यमान्य व्यक्तिहरू तथा विभागीय अधिकारीहरू उपस्थित थिए। कार्यक्रम पूर्व श्री सिङ्लाले स्वनिर्भर दलका सदस्यहरूद्वारा शुरू गरिएको साबुन निर्माण परियोजनाको उद्घघाटन गरे। त्यसपछि उनले स्थानीय महिलाहरूद्वारा आधुनिक पद्धतिमा शुरू गरिएको खेतीपातीको पनि अवलोकन गरे। त्यसपछि उनले सार्वजनिक भवनमा आयोजित कार्यक्रममा आफ्नो सहभागिता जनाए। सुदर्शन प्रधानद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै सिङ्लाले दार्जीलिङ वेलफेयर सोसाइटीले बील मिलिण्डा गेट्स फाउण्डेशनको सहकार्यमा हाल दार्जीलिङ पहाडका केही चियाबारीलाई लिएर कार्य गरिरहेको जनाउँदै मुख्य रूपले यहाँका मानिसहरूको आर्थिक स्थितिमा सुधार आवोस् औ तिनीहरू पनि स्वनिर्भर बन्न सकोस् भन्ने हेतुले बन्द चियाबारीहरूमा कार्य शुरू गरिएको जनाए। उनले यस कार्यमा केन्द्र औ राज्य सरकार तथा जीटीए लगायत ग्राम पञ्चायत, खण्ड विकास अनि सम्बन्धित सबै पक्षबाट प्रचुर सहयोग प्राप्त भइरहेकोमा सबैप्रति आभार व्यक्त गरे।

यस कार्यक्रममा अम्बटे चियाबारीका केही कान नसुन्ने वृद्ध-वृद्धा कानमा लगाउने मेसिनहरू प्रदान गरे व्हील चियर तथा साबुन बनाउने प्रशिक्षण लिएका प्रशिणार्थीहरूलाई प्रमाणपत्र अनि लाइसेन्स अनि साबुन बनाउने सामग्री र भाँडा वर्तनहरू पनि प्रदान गरे। कार्यक्रमलाई उपस्थित अन्य अतिथिहरूले पनि सम्बोधन गरेका थिए। कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै हर्षवर्धन सिङलाले आजको कार्यक्रमबारे जानकारी गराए औ यो कार्यक्रम गरिनुको उद्देश्य र औचित्यबारे प्रकाश पारे। तिनले संस्थाले अन्य धेरै सामाजिक कार्यहरू पनि गरिरहेको औ भविष्यमा अझ धेरै कार्यहरू गरिने योजना रहेको अवगत गराए

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *