मार्गरेट्स चियाबारीमा सङ्गम परिवारको नव निर्मित सार्वजनिक भवनको विधिवत उदघाटन

IMG-20250111-WA0147

खरसाङ: टुङ-सन्तमेरिज समष्टिको गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायत अन्तर्गत अप्पर गैरी गाउँ मार्गरेट्स होप चियाबारीको सङ्गम परिवारको नव निर्मित सार्वजनिक भवनको विधिवत् उद्घाटन क्षेत्रीय सभासद नुरी शेर्पाद्वारा गरिएको छ। दार्जीलिङ अभियन्त्रिकी विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा नव निर्मित उक्त सार्वजनिक भवनको उदघाटन साथै अप्पर गैरी गाउँ मार्गरेट्स होप चियाबारी सङ्गम परिवारलाई हस्तान्तरण गरिएको छ। यस सार्वजनिक भवन उदघाटन कार्यक्रममा पञ्चायत समिति सदस्य छोगेल लामा, गोराबारी-मार्गरेट्स होप ग्राम पञ्चायत उप-प्रधान अनुश्का सार्की, सन्तमेरिज २ ग्राम पञ्चायत प्रधान सहदेव तामङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गोराबारी-मार्गरेट्स होप खण्ड समितिका सभापति दिपेन्द्र सुब्बा, समष्टिको सांगठनिक सचिव विपन भूजेल, समष्टि जोनल सभापति बसन्त कुलुङ राई, समष्टि युवा शक्ति सभापति उर्गेन घिसिङ, सचिव दिपेश तामङ, समष्टि प्रमुख सल्लाहकार ललित मूखिया, विभागीय अधिकारीवर्ग, उक्त कार्यका एजेन्सी धिराज प्रसाद, लगायत सभाजका प्रतिनिधिगण तथा स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेका थिए।

उक्त सार्वजनिक भवन निर्माणको निम्ति जमीन दान गर्ने शम्भु ब्लोन अनि परिवारलाई आयोजक समितिको पक्षमा अभिनन्दन जनाइयो। नव वर्षको उपहारस्वरुप सङ्गम परिवारले सार्वजनिक भवन प्राप्त गरेकोमा सम्पूर्ण समाजका प्रतिनिधिगण लगायत स्थानीय वासिन्दाहरुद्वारा प्रसन्नता व्यक्त गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि टुङ सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पाप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement