नयाँ दिल्ली: चोटसँग लगातार जुझ्ने भारतीय पेस बलर वरुण आरोनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे। उनको टीम झारखण्ड विजय हजारे ट्रफीबाट बाहिर हुनको साथै उनले यस्तो फसेला गरे। आफ्नो तेज गतिले गर्दा चिनिने ३५ वर्षीय आरोनले २०११-मा भारतको निम्ति अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसपछि उनले राष्ट्रिय टीमको निम्ति ९ वटा टेस्ट म्याच अनि ९ वटा वनडे म्याच खेले। यसमा उनले टेस्टमा १८ र वनडेमा ११ वटा विकेट हासिल गरे। बारम्बार चोट लाग्दा उनको अन्तर्राष्ट्रिय करियर लामो समयसम्म चल्न सकेन। उनले गत वर्ष रातो बलको क्रिकेटबाट विदा लिएखा थिए। आरोनले इन्स्टाग्राममा लेखेका छन्, गत २० सालदेखि म पेस बलिंगमा समर्पित रहेको छु। याज पूरा कृतज्ञताको साथ आधिकारिक रूपमा क्रिकेटबाट सन्न्यास लिइरहेको छु। मैले धेरै सालसम्म करियरको निम्ति खतरा बनेको चोटबाट मुक्त हुन शारीरिक र मानसिक रूपमा धेरै मेहनत गरे अनि प्रत्येकपल्ट खेलमा फर्किएँ। यसको निम्ति म आफ्नो फीजियो, ट्रेनर र राष्ट्रिय क्रिकेट एकाडमीका प्रशिक्षकहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। अब आफ्नो आफ्नो जीवनको ससाना खुशीहरूको मजा लिन चाहन्छु तर यस खेलमा पनि अलग भूमिकाहरूमा पनि कायम रहनेछु, जसले मलाई सबैथोक दियो। पेस बलिंग सदा मेरो पहिलो माया रह्यो अनि सदा मेरो जीवनको महत्त्वपूर्ण हिस्सा रहनेछ।