अष्ट्रेलियन ओपनमा जोकोविचको पहिलो राउण्डमा भारतीय मूलका निशेषसँग भिड़न्त हुने

IMG-20250111-WA0123

नयाँ दिल्ली: शीर्ष वरीयता प्राप्त इटलीका यानिक सिनर र सर्बियाका नोवाक जोकोविचबीच यस सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनको सेमिफाइनलमा भिड़न्त हुनेछैन। सिनर र जोकोविचबीच गत वर्ष सेमिफाइनलमा भिड़न्त भएको थियो। त्यस म्याचमा जीत हासिल गरी इटलीका खेलाड़ीले फाइनलमा स्थान बनाएका थिए। १२ जनवरीदेखि शुरु हुने अष्ट्रेलियन ओपनको पहिलो राउण्डमा जोकोविचको लक्ष्य आफ्नो ११औं खिताब जित्ने रहनेछ अनि पहिलो राउण्डमा उनको भिड़न्त भारतीय मूलका अमेरिकी खेलाड़ी निशेष बासवारेड्डीसँग हुनेछ। गत वर्ष फाइनलमा सिनरले रुसका दानिल मेदवेदेवविरुद्ध दुई सेटले पछाड़िएपछि अन्तमा ३-६, ३-६, ६-४, ६-४, ६-३-ले जीत हासिल गरेका थिए। यसपाली सिनरले पहिलो राउण्डमा चिलीका निकोलस जेरीविरुद्ध खेल्नेछन्। यसरी महिलाहरूमा शीर्ष वरीयता प्राप्त बेलारुसकी आर्यना सबालेंकाले पहिलो राउण्डमा २०१७-की यूएस ओपन च्याम्पियन अमेरिकी खेलाड़ी स्लोएन स्टीफन्सविरुद्ध खेल्नेछिन्। सिनरको हाफमा चौथो वरीयता प्राप्त टेलर फ्रिट्ज, २१औं वरीयता प्राप्त बेन शेल्टन र पाँचौं वरीयता प्राप्त गत सालको उपविजेता मेदवेदेव रहेका छन्। यसरी सातौं वरीयता प्राप्त जोकोविचको क्वार्टर फाइनलमा स्पेनकी युवा खेलाड़ी तथा तेस्रो वरीयता प्राप्त कार्लोस अल्काराजसँग भिड़न्त हुनसक्छ। यी दुईजनाले कसैले पनि सेमिफाइनलमा स्थान बनाउन सके उनको सम्भावित भिड़न्त दोस्रो वरीयता प्राप्त जर्मनीका एलेक्जेण्डर ज्वेरेवसँग हुनसक्छ।
लगातार दुईपल्टकी च्याम्पियन सबालेंकालाई कठिन ड्र प्राप्त भएको छ। उनको हाफमा मीरा एण्ड्रीवा र गत उपविजेता चीनकी झेंग किनवेन रहेकी छन्। सबालेंका र तेस्रो वरीयता प्राप्त कोको गौफबीच सेमिफाइनलमा भिड़न्त हुनसक्छ। यसरी हादी हबीब ग्राण्ड स्ल्याममा खेल्ने पहिलो लेबनानी खेलाड़ी बन्नेछिन्। उनले अन्तिम क्वालीफाईंग राउण्डमा फ्रान्सकी क्लीमेण्ट सिदेखलाई ६-४, ३-६, ७-६-ले पराजित गरिन्। अमेरिकामा जन्मिएकी हबीबले पेरिस ओलम्पिकमा पनि खेलेकी थिइन्। एकल म्याचहरूमा भारतीय चुनौती विश्वका नम्बर ९६ खेलाड़ी सुमित नागलको हातमा रहनेछ। उनले पहिलो राउण्डमा विश्वका २७औं नम्बरका खेललाड़ी चेक रिपब्लिकका थासम मचाकविरुद्ध खेल्नेछन्। गत वर्ष यस ग्राण्ड स्ल्याममै नागलले विश्वका २७औं नम्बरका खेलाड़ी कजाखस्तानका एलेक्जेण्डर बुबलिकलाई पराजित गरी उलटफेर गरेका थिए तर दोस्रो राउण्डमा उनी चीनका जुनचेंग शेंगविरुद्ध हारेका थिए। यस हप्ता नागलले अकल्याण्ड क्लासिकको पहिलो राउण्डमा एलेक्स मिकेल्सनविरुद्ध हारको सामना गर्नु परेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *