सिलगढ़ी: सिलगढ़ी म्यूनिसिपल कर्पोरेशन वार्ड नम्बर ४२-को तत्त्वावधानमा भारतको अग्रणी क्लब ईष्ट बेंगल फूटबल क्लबका पूर्व दिग्गज खेलाड़ीहरू र मेयर एकादशबीच २३ जनवरीमा प्रदर्शनी म्याचको आयोजन गरिनेछ। नेताजी सुभाष चन्द्र बोसको जन्मदिनको अवसरमा आयोजन गरिने यस म्याचलाई नेताजी फ्रीडम कप को नाम दिइएको छ। सालुगढ़ाको जयधर रोय प्राईमरी स्कूल ग्राउण्डमा हुने यस नाइट म्याचमा ईष्ट बेंगल फूटबल क्लबका पूर्व दिग्गज खेलाड़ीहरूले हिस्सा लिनेछन्, जसमा अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गरिसकेका भाइचुङ भूटियाको साथमा संग्राम मुखर्जी, सईद रहीम नबी, अल्वीटो डी कून्हा, मेहताब हुसैन, दीपक मण्डल, अर्णब मण्डल र सौभिक दे सहित अन्य खेलाड़ीहरू रहनेछन्। यसरी मेयर एकादशको तर्फबाट पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका दीपंकर देवनाथ, मनजीत सिंह, बिनोद बान्तावा र नादोङ भूटियाको साथमा अन्य खेलाड़ीहरू रहनेछन्। प्रदर्शनी म्याच साँझ ५ बजीदेखि शुरु हुनेछ। यसको साथमा दिउँसो ३ बजीदेखि विभिन्न सास्कृतिक कार्यक्रमहरूको पनि आयोजन गरिनेछ।