महिला वनडेमा ४००० रनको साथ मन्धनाको स्मृति रेकर्ड

IMG-20250111-WA0113

राजकोट: शीर्ष क्रमको उत्कृष्ट प्रदर्शनको सहायताले भारतीय महिला क्रिकेट टीमले सौराष्ट्र क्रिकेट एसोसिएशन मैदानमा खेलिएको पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा आयरल्याण्डलाई सजिलैसँग ६ विकेटले पराजित गऱ्यो। आयरल्याण्डले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो। जवाफमा प्रतिका रावल (८९) र तेजल हसब्निस (अविजित ५३)-को अर्द्धशतक अनि यी दुईबीच भएको ११६ रनको पार्टनरशीपले गर्दा भारतले ३४.३ ओभरमै ४ विकेटमा २४१ रन बनाएर म्याच जित्यो। भारतलाई म्याचमा तेज शुरुवात दिलाउँदै ४१ रन बनाउने कप्तान स्मृति मन्धनाको निम्ति यो म्याच यादगार रह्यो। मन्धना महिला वनडे इण्टरनेशल क्रिकेटमा ४००० रनसम्म पुग्ने सबैभन्दा तेज भारतीय ब्याटर अनि समग्रमा तेस्रो सबैभन्दा तेज खेलाड़ी बनिन्। उनले आफ्नो ९५ वचा म्याचको ९५औं ईनिंग्समा यस उपलब्धिलाई हासिल गरिन्। महिला वनडेमा ईनिंग्सको हिसाबले सबैभन्दा तेज ४००० रन पूरा गर्नेहरूकी सूचीमा अष्ट्रेलियाकी बेलिण्डा क्लार्क शीर्ष स्थानमा रहेकी छन्, जसले ८६ वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरेकी थिइन्। यसरी त्यही देशकी मेग लेनिंगले ८९ वटा ईनिंग्समा ४००० रन पूरा गरेकी थिइन्। भारतको निम्ति सबैभन्दा तेज ४००० रन पूरा गर्नेहरूकी सूचीमा चाहिँ मन्धनाले मिताली राजकी रेकर्ड तोड़िन्। मिताली १४ साल अघि २०११-मा यस आँकड़ासम्म पुग्ने पहिलो भारतीय महिला क्रिकेटर बनेकी थिइन्। उनले ११२ वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *