मन्त्री दाहालद्वारा राज्यस्तरीय नामप्रिकदाङ नामसुङ महोत्सवको उदघाटन

IMG-20250110-WA0277

गान्तोक: सिक्किम सरकारका सडक तथा पुल विभागीय मन्त्री नरबहादुर दाहालले आज नामप्रिकदाङ नामसुङ महोत्सवको उद्घाटन गरे। मुख्य अतिथि मन्त्री दाहालले उत्तर सिक्किमको परम्पराहरूको संरक्षण र प्रदर्शन गर्ने प्लेटफर्मको रूपमा नामसुङ महोत्सवको महत्त्वलाई अझ संरक्षण गर्नुपर्ने विचार राखे। उनले गत वर्ष आएको विकासकारी बाढबाट उत्पन्न चुनौतीहरूसंग लड़ेर पनि यसलाई सफलतापूर्वक आयोजना गरिएकोमा आयोजक समितिलाई बधाई दिए। उनले भनेअनुसार बाढ़ले क्षेत्रलाई गम्भीर रूपमा असर गरे तापनि यस क्षेत्रमा कनेक्टिभिटी पुनर्स्थापित गर्न सेना, सीमा सड़क संगठनको प्रयासको प्रशंसा गरे। यसका साथै उनले स्थानीय जनता र जिल्ला प्रशासनलाई यस क्षेत्रको सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न सामुहिक रूपमा काम गर्ने प्रोत्साहित गरे। यो महोत्सव १२ जनवरीसम्म चल्नेछ। उनलाई वन तथा पर्यावरण विभागका मन्त्री-तथा क्षेत्र विधायक पिन्छो नामग्याल लेप्चाले स्वागत गरे। मुख्य अतिथि दाहालले पूजा र प्रदर्शनी स्टलहरूको अवलोकन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। पूर्व क्षेत्रीय सांस्कृतिक केन्द्रद्वारा आदिवासी नृत्यहरू सहित सांस्कृतिक कार्यक्रम प्रस्तु गरिएको थियो। यसपछि सम्मान कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मानित गरिएको थियो। कार्यक्रममा पुरुष र महिला दुवैका लागि आयोजना गरिएको परम्परागत खेलकुद प्रतियोगिताहरू पनि सामेल थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *