पाक्योङ: पाक्योङमा हुने ७८औं गणतन्त्र दिवस समारोहको आयोजनलाई लिएर जिल्ला प्रशासनको एक उच्चस्तरीय बैठ आज बस्यो। जिल्लापाल रोहन अगवानेको अध्यक्षतामा भएको बैठकमा जिल्ला प्रशासनका अधिकारीहरु, विभिन्न विभागीय प्रतिनिधिहरु र जिल्ला पुलिस अधिकारी सहभागी थिए। यसक्रममा जिल्ला प्रशासनिक केन्द्रमा हुने आगामी गणतन्त्र दिवस समारोहको योजनाबारे छलफल गरियो। बैठकले सांस्कृतिक प्रदर्शनी, पुरस्कार वितरण, विद्युत आपूर्ति र अन्य महत्वपूर्ण विषयमाथि छलफल गरेको थियो। यसबाहेक, विभिन्न गतिविधिहरूको लागि सम्बन्धित विभागहरूलाई जिम्मेवारी तोकिएको थियो। जिल्लापालले प्रभावकारी अन्तरविभागीय समन्वयको महत्त्वमा जोड दिए र सफल बनाउन सबै विभागहरूलाई भूमिका पूरा गर्ने आग्रह गरे।