गान्तोक: जोरथाङ माघे मेलाको अवसरमा आयोजित अन्तरसमष्टि फूटबल टुर्नामेन्टको दोस्रो दिनको क्वाटर फाइनल म्याच दरमदिन र रुम्तेक समष्टिबीच सम्पन्न भयो। निर्धारित समयसम्म गोलरहित रहेको म्याचको फलाफल ट्रा ब्रेकरमा निकालियो जसमा दरमदिन समष्टि विजयी बन्यो। यसको साथै दरमदिन टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश गरेको छ।
आजको म्याचमा पोकलक कामराई समष्टिका विधायक भोजराज राई मुख्य अतिथि रहेका थिए भने सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाको पनि विशेष उपस्थिति रहेको थियो।