गान्तोक: दिन पुणेको शिन्देवाडीमा आयोजना हुने बीयूआरजी २०२५ माउन्टेन अल्ट्रा रन प्रतियोगितामा भाग लिन अमर सुब्बाको नेतृत्वमा सिक्किमको ८ सदस्यीय टोली आज पुणे पुगेका छन्। उक्त प्रतियोगितालाई अन्तराष्ट्रीय ट्रेल रनिङ एसोसिएशन र यूटीएमबीले मान्यता दिएको छ।
सिक्किमको टोलीमा निर्मल सिंगरले ५० किलोमिटरको दौडमा प्रतिष्पर्धा गर्नेछन् भने अमर सुब्बाले १ सय किलोमिटर, प्रितम राई ५० किलोमिटर, सुष्मिता राई ५० किलोमिटर, अनुदा तामाङ ५० किलोमिटर, शान्ति राई २५ किलोमिटर,विवेक ढकाल १० किलोमिटर र उनिषा तामाङले १० किलोमिटरको दौड़मा भाग लिने छन्।