लस एन्जलस आगलागी: १० पुग्यो मृत्यु हुनेको संख्या

LOS ANGELES, CALIFORNIA - JANUARY 9: Burned houses are seen from the Palisades Fire on January 9, 2025 in the Pacific Palisades neighborhood of Los Angeles, California. Multiple wildfires fueled by intense Santa Ana Winds are burning across Los Angeles County. At least five people have been killed, and over 25,000 acres have burned. Over 2,000 structures have also burned and almost 180,000 people are under orders to evacuate.   Apu Gomes/Getty Images/AFP (Photo by Apu Gomes / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

राहतको लागि राष्ट्रपति बाइडेनले गरे घोषणा

अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १० पुगेको छ। सञ्चारमाध्यम,को समाचारअनुसार, लस एन्जलस काउन्टी मेडिकल परीक्षकले यसको पुष्टि गरेका छन्। यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा आउँदो ६ महिनासम्म जीवन र सम्पत्तिको सुरक्षा खर्च संघीय सरकारले व्यहोर्ने घोषणा गरेका छन्। लस एन्जलस काउन्टी मेडिकल एग्जामिनरले आगलागीमा परी ज्यान गुमाउनेहरुको पहिचान भइरहेको बताएका छन्। उनले विज्ञप्ति जारी गर्दै भने, ‘आगलागीको अवस्था र सुरक्षाको चिन्ताका कारण यी मृत्यु भएका ठाउँमा मेडिकल परीक्षक विभाग पुग्न नसक्दा मृतकको पहिचान हुन केही साता लाग्न सक्छ।‘ मृतकका परिवारलाई जानकारी दिने प्रक्रिया पनि चलिरहेको बताइएको छ। यसअघि पालिसेडमा आगलागीका कारण दुई जनाको मृत्यु भएको र ईटनमा आगलागीका कारण पाँच जनाको मृत्यु भएको जानकारी आएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *