रेलिंग च्याम्पियन्स ट्रफीःरोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा पुग्यो युनाइटेड दार्जीलिङ

Screenshot_20250110_213351_FotoCollage Maker

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा युनाइटेड फूटबल क्लब दार्जीलिङले पेनल्टी शूटआउटमा रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। शुक्रवार भएको म्याचमा युनाइटेड दार्जीलिङले एकाडमी नाइट्स (गान्तोक) विरुद्ध ५-४-ले जीत हासिल गऱ्यो। म्याचको नियमित समयमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि अतिरिक्त ५-५ मिनटको खेलमा दुवै टीमले १-१ गोल गऱ्यो। अतिरिक्त समयको खेलमा युनाइटेड दार्जीलिङबाट नयन प्रधान र एकाडमी नाइट्सबाट नोर्देन तामाङ ले गोल गरे। त्यसपछि पेनल्टी शूटआउटमा चाहिँ युनाइटेड दार्जीलिङले ५-४-ले जीत हासिल गऱ्यो। विजेता टीमका गोलकीपर रुपक कोया ले प्लेयर अव् द म्याचको ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ।यस सेभेन ए साइड नक्आयुनाइटेड दार्जीलिङउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement