अर्जेन्टिनाका उपराष्ट्रपतिको हत्या प्रयास, आक्रमणकारीले टाउकोमा बन्दुक ताके

0-Argentina-Vice-President

ब्युनस आयर्स: अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई एक व्यक्तिले गोली हान्न खोजे पनि समयमै पेस्तोलले फायर गरेन र उनी जोगिएकी छिन्। घटना बिहीबार राति भएको हो। क्रिस्टिना उनको घरबाहिर समर्थकहरुको बीचमा थिइन्। सोही क्रममा एक अज्ञात व्यक्तिले पोइन्ट ब्ल्यांक दायरामा बन्दुक तान्यो। आक्रमणकारी अचानक क्रिस्टिनाको नजिक आयो। गोली चलेको भए ठूलो क्षति हुनसक्ने थियो। आक्रमणकारी पक्रा परेको छ। राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने, ‘आक्रमणकारीले जुन बन्दुकले आक्रमण गर्न खोजेको थियो त्यसमा पाँचवटा गोली लागेको थियो। ट्रिगर अड्किएपछि उनले फायर गर्न सकेनन्। त्यसैले क्रिस्टिनाको ज्यान जोगियोl’ उनले आरोपी ब्राजिलका बासिन्दा रहेको बताए। उनको नाम फर्नान्डो आन्द्रे सबाग मोन्टिएल हो। घटनाका क्रममा अराजकता भएको थियो। संदिग्ध व्यक्ति क्रिस्टिनाको अगाडि देखा पर्ने बित्तिकै उनको सुरक्षा गार्ड कारबाहीमा परे। आक्रमणकारी पक्राउ परेका छन्। क्रिस्टिना सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति थिइन्। यही क्रममा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो। मुद्दाको सुनुवाइ अझै जारी छ। क्रिस्टिनाविरुद्ध चलिरहेको मुद्दाको विरोधमा उनका समर्थकहरूले घरबाहिर र्‍याली निकालेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement