काजिरंगा (असम): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, भारतीय अर्थव्यवस्थाको पूर्ण क्षमतालाई उजागार गर्नको लागि भारत सरकारले जलमार्गहरूको व्यापक विकास गरिरहेको छ।
यसबाट विभिन्न क्षेत्रबीच सम्पर्क बढ़्नेछ, लजिस्टिक लागत घट्नेछ तथा आर्थिक विकासले गति पाउनेछ।
काजिरंगामा ‘इनल्याण्ड वाटरवेज डेभलपमेन्ट काउन्सिल'(आईडब्ल्यूडीसी)- २०२५ को बैठकमा केन्द्रिय मन्त्री सर्बानन्द सोनोवालसँग सहभागी हुँदै मुख्यमन्त्री डा. सरमाले भने, हामी असम लगायत सम्पूर्ण देशमा जलमार्गहरूको पूर्ण क्षमताको प्रयोग गरी विकास तर्फ अग्रसर भइरहेका छौं।
डा. सरमाले काजिरंगामा आयोजित इनल्याण्ड वाटरवेज डेभलपमेन्ट काउन्सिलको दोस्रो बैठकलाई सम्बोधन गरे। उनले भने, जलमार्गहरूको विकासबाट क्षेत्रीय सम्पर्क सुदृढ़ हुनेछ र यसले राज्यको अर्थव्यवस्थालाई नयाँ उच्चातमा पुऱ्याउनेछ। यस अवधि मुख्यमन्त्रीले भाजपाको केन्द्र तथा राज्य सरकारले देशको विकासको लागि गरिरहेको विभिन्न कार्यहरूको पनि चर्चा गरे।