डीवाईएफआई दार्जिलिङ जिल्ला कमिटीद्वारा सिलगढीमा चोर पक्र, जेल भर अभियान कार्यक्रम

IMG-20220902-WA0125.jpg

सिलगढी: आज डिवाईएफआई दार्जीलिङ जिल्ला कमिटीको पक्षबाट चोर पक्र अनि जेल भर अभियान चलाएका छन्। राज्यमा रहेको तृणमूल सरकारले विभिन्न क्षेत्रहरूमा भ्रष्टाचार गरेको आरोप लगाउँदै डीवाईएफआई दार्जिलिङ जिल्ला कमिटीको आयोजनामा रैली गरी सिलगढ़ी महकुमा शासक अभियान चलाएका छन्। उक्त रैली सिलगढीको एयरभ्यु मोड़देखि सिलगढी महकुमा शासक कार्यालयसम्म गरिएको छ। डीवाईएफआईले तृणमुल कंग्रेसको नेता मन्त्रीहरु जो एसएससी र टेट लगायत शिक्षक नियुक्तिको भ्रष्टाचारमा छ र यसमा जस जसको नाम अघि आएको छ सबैलाई पक्राउ गर्नुपर्छ अनि एसजेडीएमा भएको २०० करोड घोटालाको सठीक जाँच गर्नु पर्ने मांग गरेका छन्। यसको साथै गणतान्त्रिक आन्दोलनको नेताहरु जेल बन्दी गरेको छ उनीहरुलाई झट्ट रिहा गर्नु पर्ने मांग गरेका छन्। यस लगायत सय दिने काम झट्ट सुरु गर्नु पर्ने अनि बाँकी रहेको पैसा दिनु पर्ने मांग मुख्य रुपमा रहेको डीवाईएफआई दार्जिलिङ जिल्ला कमिटीको सभापति सचिन खातीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement