भागोप्रमो तीनधारे महानदी समष्टि कमिटी विघटन

IMG-20220902-WA0123.jpg

राजीव थापा समष्टीको को-अर्डिनेटर नियुक्त

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभा सम्पन्न भएको छ। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि कमिटी विघटन गरिएको छ भने यस समष्टीको संयोजकको रूपमा राजीव थापालाई चयन गरिएको छ। खरसाङ महकुमा समितिद्वारा राजीव थापालाई तीनधारेको महानदी समष्टिको नयाँ संयोजकको रूपमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गरेको छ। उक्त नियुक्त पत्र पार्टीको केन्द्रीय सांगठनिक सचिव एवं कार्यकारी सभासद रतन थापाको बाहुलीबाट प्रदान गरिएको छ। यसको साथै खरसाङ महकुमा समितिद्वारा राजीव थापालाई अब तीनधारे महानदी समष्टिको नयाँ कमिटी आगामी ३० दिनभित्रमा गठन गर्ने जिम्मावरी पनि दिइएको छ।

यस अवसरमा सभापछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको नव नियुक्त संयोजक राजीव थापाले पार्टी र पार्टी अध्यक्ष अनित थापाले आफुलाई दिएको जिम्मावरी पूर्णरुपमा पालन गर्नेछु भनी बताएका थिए। उनले तीनधारे महानदी समष्टिको सम्पूर्ण कार्यहरूमा पुरानो कमिटी र पुरानो पदाधिकारीहरूको महत्वपूर्ण योगदान रहेको बताउँदै अब समष्टि स्तरीय कमिटी गठन गर्दा पुरानो कमिटीका पदाधिकारीहरू लगायत तल्लो स्तरमा रहेर पार्टीलाई योगदान दिने र संगठनको लागि निरन्तर कार्य गर्नेहरूलाई लिएर गठन गरिने जानकारी गराएका छन्। थापाले तीनधारे महानदी समष्टि स्तरीय नयाँ कमिटी आगामी ९ सेप्टेम्बरमा हुने स्थापना दिवसको कार्यक्रमपछि हुने बताउँदै आफुलाई दिइएको यो जिम्मेवारीको लागि समष्टीको २२ वटै बुथहरुमा पदाधिकारीहरू र पार्टीका सबै भातृ संगठनहरूका प्रतनिधिहरूलाई र चियाबारीका श्रमिकहरूलाई धन्यवाद दिएका छन्। उनले आगामी दिनमा सबै सर सल्लाह र सुझाव अनुसार कार्य गर्ने र एक मुष्ठमा सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement