सिलगढी: दार्जीलिङ संसदीय क्षेत्रका सांसद राजु बिष्टले आज उत्तर दिनाजपुर जिल्लाको चोपड़ा ब्लकमा रहेको भारत-बङ्गलादेश सीमा चौकी १३२बीएन, बीओपी करजीगच्छको निरीक्षण गरे। यस अवसरमा उनले सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूसँग एकता देखाउँदै, उनीहरूको मनोबल बढाउँदै र समर्थन व्यक्त गरे। भ्रमण पछि मिडियामा जारी गरेको बयानमा उनले जानकारी दिए, ‘बङ्गलादेशमा राजनीतिक अशान्ति र सीमा क्षेत्रमा भइरहेको संघर्षका बीच, बीएसएफका जवानहरूले हाम्रो सीमाहरू र देशलाई सुरक्षित राख्न कठिन कार्य गर्दैछन्। बङ्गलादेशको चुनौती मात्रै होइन, भौगोलिक र मौसमीय परिस्थितिहरूसमेत यी जवानहरूले सामना गर्नुपरेको छ, तर यत्रा संघर्ष गरेर उनीहरू देशको रक्षा गर्दैछन्। बङ्गलादेशमा भारी राजनीतिक अशान्तिका बाबजुद, भारतीय नागरिकलाई सुरक्षित राख्नका लागि यो सबै बीएसएफका अधिकारी र जवानहरूको कडा परिश्रमको परिणाम हो। यी बहादुर पुरुष र महिलाहरू हाम्रो सीमा सुरक्षा र देशको पहिलो रक्षापंक्ति हुन्, र म उनीहरूको निस्वार्थता, साहस र समर्पणको प्रशंसा गर्दछु।’

यसका साथै सांसद बिष्टले भने, ‘मलाई यो थाहा लगेर दुःख लागेको छ, उनीहरूको कठिन परिश्रमको बाबजुद, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी र अन्य टीएमसी नेताहरू बीएसएफलाई बदनाम गर्ने काममा लागिरहेका छन्। एक त तिनीहरूको प्रशासनका केही व्यक्तिहरू अवैध आप्रवासीहरूलाई सक्रिय रूपले सहयोग दिँदै भारतीय कागजात जस्तै आधार, राशन कार्ड, मतदाता परिचय पत्र र पासपोर्ट दिने काम गर्दैछन्। अर्कोतर्फ, उनीहरूले बीएसएफको मनोबल गिराउनका लागि निरन्तर आरोप लगाउँदैछन्।‘ राजु बिष्टले मुख्यमन्त्री ममता ब्यानर्जीलाई प्रश्न गर्दै भने, ‘तपाईंले आफ्नो पार्टीका नेताहरू, पुलिस र प्रशासनिक अधिकारीहरूको विरुद्ध के कारवाही गर्नुभएको छ, जसले अवैध घुसपैठीहरूलाई सक्रिय रूपमा सहयोग पुर्याइरहेका छन्? अवैध आप्रवासीहरू र रोहिंग्याहरूलाई सहारा र आश्रय दिने राज्य प्रणालीको दुरुपयोग रोक्नका लागि तपाईंको सरकारले के कदम चालेको छ?’ उनले भने, ‘यो हाम्रो बीएसएफ, एसएसबी र सैनिकहरूको अडिग प्रतिबद्धता र समर्पणको परिणाम हो कि हाम्रो देश सुरक्षित छ। टीएमसी र पश्चिम बंगाल सरकार बीएसएफसँग विरोध गर्न सक्छन्, किनकि यसले उनीहरूको आयातित भोट ब्यांकको राजनीति भत्काउँछ, तर पश्चिम बङ्गालका जनता हाम्रो जवानहरूको साथमा मजबुत खडा हुँदैछन्, जस्तो कि कालियाचक ३ ब्लकको सुकदेबपुरका नागरिकहरूले स्पष्ट गरेको छ। सम्पूर्ण पश्चिम बङ्गालका मानिसहरू हाम्रो बीएसएफ जवानहरूसँग खडा हुनेछन् र उनीहरूको समर्थन गर्दै देशको सुरक्षा कायम राख्नका लागि उनीहरूको योगदानको कदर गर्नेछन्।” सांसद राजु बिष्टले अन्तमा भने, ‘हामी सबै बीएसएफको सेवामा र बलिदानको कदर गर्छौं र हामी हरेक सम्भावित तरिकामा उनीहरूको समर्थन गर्दै जानेछौं।‘