जलपाईगढीमा पहिलो पटक जलपाईगढी महोत्सव आयोजना गरिने

IMG-20250110-WA0149

जलपाईगढी: जलपाईगढीमा २२ जनवरीदेखि जलपाईगढी महोत्सव शुरु हुँदैछ। चार दिने कार्यक्रम जलपाईगढी मिलन संघ मैदानमा शुरु हुनेछ। जलपाईगढी जिल्ला प्रशासनले जलपाईगढीमा यस्तो महोत्सव आयोजना गरेको यो पहिलो पटक हो। जिल्लापाल शमा परवीनले बिहीबार साँझ जलपाईगढी जिल्ला मजिस्ट्रेटको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको घोषणा गरिन्। यस अवसरमा जिल्ला प्रहरी अधीक्षक उमेश खाण्डबहाले, जिल्ला परिषद् अध्यक्ष कृष्ण राय बर्मन र जिल्ला प्रशासनका विभिन्न अधिकारीहरू उपस्थित थिए। आज जलपाईगढी महोत्सवको लोगो आधिकारिक रूपमा सार्वजनिक गरियो। जिल्लापाल शमा परवीनले कार्यक्रममा लोक संस्कृति लगायत विभिन्न कार्यक्रम आयोजना गरिने बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement