नेपाल उद्योग बाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त

IMG-20250110-WA0127

काठमाण्डू: नेपाल उद्योग बाणिज्य महासंघले चीका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ। महासंघले नेपाल र चीनबीचको व्यापार र सम्बन्धलाई सुदृढ बनाउन अंगाईले उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको इकागज अनलाइनले लेखेको छ।
विगतमा पनि अंगाईँले यस क्षेत्रमा नेपालको व्यापार र लगानीको बढाउन महत्वपूर्ण योगदान दिएको पत्रमा उल्लेख छ। अंगाईको असाधारण नेटवर्किङ क्षमता र उद्योग विशेषज्ञताले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग गरेको छ।
अंगाईले महासंघ र चीनका प्रख्यात चेम्बर अफ कमर्सबीचको बलियो सम्बन्ध निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ। यसले धेरै महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
संयुक्त व्यापार उद्यम, र सहयोगी परियोजनाहरूको लागि थप सम्भावना बढेर गएको छ। यसैगरी उनले नेपाल र चीनबीच उच्चस्तरीय व्यापार प्रतिनिधिमण्डलको आयोजना र मार्गदर्शनमा नेतृत्वले बहुमूल्य नेटवर्किङ अवसरहरू सिर्जना गरेको र सहकार्यका लागि नयाँ सम्भावनाहरूको पहिचान गरेको बताइएको छ।
नेपालको नियामक ढाँचा र बजार अवस्थाको बारेमा उहाँको गहिरो बुझाइले दुवै पक्षका लगानीकर्ताहरूलाई ठूलो मद्दत गरेको छ। नेपालको आर्थिक हितलाई अगाडि बढाउन लागि अंगाईको निरन्तर प्रयास र प्रतिबद्धताको महासंघले ईमानदारीपूर्वक कदर गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *