गान्तोक: भारत सरकारका गृह राज्यमन्त्री नित्यानन्द राय आज सिक्किम आइपुगेका छन्ष राज्यमन्त्री रायले आफ्नो तीन दिवसीय कार्यक्रममा विभिन्न स्थानको भ्करमण गर्ने कार्यक्रम निर्धारित भएको छ। आफ्नो भ्रमणको क्रममा, उनले गान्तोक र पाक्योङ जिल्लामा विभिन्न कार्यक्रमहरुमा संलग्न हुनेछन्। आज सिक्किम आइपुग्न अघि उनलाई प्रवेशद्वार रम्फू पर्यटक गेस्ट हाउसमा स्वागत गरिएको थियो। यस क्रममा राज्य सरकारको गृह विभागीय अतिरिक्त सचिव खेमराज शर्मा, १३औं बटालियन, आईटीबीपीका सहायक कमान्डेन्ट महेन्द्र सिंह; पर्यटन विभागकी उपनिर्देशक सुष्मा प्रधान, गृह विभागका प्रोटोकल अधिकारी डीपी सिलाल सहित अन्य अधिकारीहरुले स्वागत गरेका थिए।