गान्तोक: राज्यका नवनियुक्त पुलिस महानिर्देशक अक्षय सचदेवाले आज राज्यपाल ओम प्रकाश माथुरसँग आज राज भवनमा शिष्टाचार भेट गरे। भेटवार्ताको क्रममा राज्यपालले वरिष्ठ आपीएस अधिकारी सचदेवालाई डीजीपीको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई दिँदै उनको सफल कार्यकालको कामना गरे।
राज्यपालले राज्यमा युवाहरूमा लागूपदार्थको बढ्दो प्रचलन र पहुँचको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै यसलाई समाजको भविष्यको लागि एक महत्वपूर्ण खतरा बताए। उनले सचदेवाको नेतृत्वमा, सिक्किम प्रहरी प्रशासनले यस मुद्दालाई लड्न प्रभावकारी उपायहरू अपनाउने विश्वास व्यक्त गरे।
राज्यपालको कुरा सुनेपछि डीजीपी सचदेवाले राज्यपाललाई पूर्ण समर्पण र इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्न आफू प्रतिबद्धता रहेको आश्वासन दिए। उनले राज्यभरि कानून र व्यवस्थाको कडाइका साथ कार्यान्वयन सुनिश्चित गर्ने आफ्नो दृढ सङ्कल्प पनि जाहेर।