गान्तोक: आगामी २८ जनवरीदेखि उत्तरखण्डमा शुरू हुने ३८औं नेश्नल खेलकूदको उदघाटन देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने जानकारी गराइएको छ। २८ जनवरीदेखि शुरू हुने उक्त खेलकूद कार्यक्रमको समापन १४ फरवरीको दिन समापन हुने भएको छ। उक्त प्रतियोगितामा देशभरिका १० हजार भन्दा अधिक एथलेटिक्स, प्रशिक्षक र अधिकारीहरूले सहभागिता जनाउने भएका छन्। उत्तरखण्डले पहिलो पल्ट राष्ट्रीय खेलकूद आयोजना गर्ने घोषणा गरेको छ। यो कार्यक्रम परम्परागत र आधुनिक खेलकूदहरूको मिश्रण प्रस्तुत गरेर भारतको समृद्ध खेलकुद संस्कृतिलाई मनाउने प्रतिवद्धता व्यक्त गरेको छ, जसमा विभिन्न प्रकारको प्रदर्शन खेलहरू आयोजना गरिने भएको छ।
यस प्रतिय़ोगितामा सिक्किमले लगभग ४५ खेलाडी र अधिकारीहरू सहित पाँच विषयहरूमा भाग लिनेछ जसमा धनुर्विद्या, बक्सिङ साइकलिङ, फुटबल र ताइक्वाण्डो सामेल रहेको छ। यो सहभागिता विशेष गरेर प्रतिकात्मक रहने छ किन भने सिक्किमले २०२५ मा राज्य स्थापनाको ५०औं वर्ष मनाउँदैछ, जसले कार्यक्रममा गर्व र सांस्कृतिक महत्वबारे विभिन्न प्रस्तुतीहरू झल्काउने छ। ३८औं राष्ट्रिय खेलकूदले एथलेटिक उत्कृष्टतालाई प्रवर्द्धन गर्ने मात्र होइन तर खेलकूद भावना मार्फत एकता, सांस्कृतिक आदानप्रदान र राष्ट्रिय गौरवलाई पनि बढावा दिने लक्ष्य राखेको छ।