जोरथाङ: मुख्यमन्त्रीकी धर्मपत्नी तथा पूर्व विधायक श्रीमती कृष्ण राईले आज यहाँको सामुदायिक भवनमा माघे मेला सिनेमा घरको विधिवत उद्घाटन गरिन्। माघे मेला सिनेमा घर स्थानीय फिल्म निर्माता र कलाकारहरूका लागि आफ्नो काम प्रदर्शन गर्ने र राज्यमा फिल्म र सिनेमाको संस्कृतिलाई प्रवर्द्धन गर्ने मञ्च हो।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती राईले यस वर्षको माघे मेलालाई भव्यतासित आयोजना गरेर राज्यको सांस्कृतिक धरोहर र विरासतलाई देश-विदेशमा प्रदर्शन गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको उद्देश्य बारे अवगत गराए।
उद्घाटन कार्यक्रमको अवसरमा जूम सालघारीका विधायक मदन सेञ्चुरी, नाम्ची सिङ्गीथाङका विधायक सतिश चन्द्र राई साथै अन्यहरूको विशेष उपस्थिति रहेको थियो।