श्रीलंकाविरुद्ध टेस्ट सीरीजको निम्ति स्टीव स्मिथ कप्तान नियुक्त

IMG-20250109-WA0237

एडिलेड: अष्ट्रेलियाले श्रीलंकाविरुद्ध २९ जनवरीदेखि शुरु हुने २ वटा टेसस्ट म्याचको सीरीजको निम्ति १६ खेलाड़ीहरूका टीमको घोषणा गरेको छ। दाहिने हातका ब्याटर स्टीव स्मिथलाई राष्ट्रिय टीमको अन्तरिम कप्तान नियुक्त गरिएको छ। चोटसँग जुझिरहेका नियमित कप्तान प्याट कमिन्स पितृत्व अवकाशमा रहेका छन्। अष्ट्रेलियाका पूर्व अण्डर-१९ वर्ल्ड कप कप्तान कूपर कोनोलीलाई पहिलोपल्ट टेस्ट टीममा सामेल गरिएको छ जबकि युवा खेलाड़ी नाथन म्याकस्विनीलाई बोर्डर-गावस्कर ट्रफीको अवधि मेलबर्न र सिडनी टेस्टबाट बाहिर गरिएपछि फेरि टीममा सामेल गरिएको छ। स्पिनर म्याच कुहनेम्यान र टड मर्फी पनि टीममा फर्किएका छन्। टीमलाई दिग्गज पेस बलर जोश हेजलवुड र अलराउण्डर मिचेल मार्शको कमी अनुभव हुनेछ, जो चोटसँग जुझिरहेका छन् अनि वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनललाई ध्यानमा राखेर अष्ट्रेलियाई टीम कुनै जोखिम उठाउन चाहँदैन।
टीमको चयनपछि मुख्य चयनकर्ता जर्ज बेलीले भने, श्रीलंका क्रिकेट खेल्नको निम्ति चुनौतीपूर्ण अनि रोमाञ्चक स्थान हो कारण त्यहाँ खेलाड़ीहरूले अलग-अलग परिस्थितिहरूको सामना गर्नु पर्छ। हामी त्यहाँ परिस्थिति बिचारेर म्याचको निम्ति प्रथम एकादशको चयन गर्नेछौं। हामी ती युवा खेलाड़ीहरूलाई लिए उत्साहित छौं, जो आफ्नो टेस्ट करियरको शुरुवातमा रहेका छन्। यी खेला़डीहरूसँग उपमहाद्वीपका परिस्थितिहरूमा आफ्नो खेललाई अघि बढ़ाउने सुनौलो मौका रहनेछ। श्रीलंका र अष्ट्रेलियाबीच पहिलो टेस्ट म्याच २९ जनवरीदेखि शुरु हुनेछ। यसरी दोस्रो टेस्ट म्याच ६ फरवरीदेखि खेलिनेछ। दुवै टेस्ट म्याच गालमा खेलिनेछ।
श्रीलंका यात्राको निम्ति अष्ट्रेलियाई टेस्ट टीम यसप्रकार छः
स्टीव स्मिथ (कप्तान), सीन एबट, स्कट बोलाण्ड, एलेक्स केरी, कूपर कोनोली, ट्रेविस हेड (उपकप्तान), जोश ईंग्लिश, उस्मान ख्वाजा, सेम कोन्स्टास, म्याट कुहनेम्यान, मार्नस लाबुशेन, नाथन लियोन, नाथन म्याकस्वीनी, टड मर्फी, मिचेल स्टार्क, ब्यू वेबस्टर

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *