लामा गाउँ गोल्ड कपः रोयल एफसी सजिलै क्वार्टर फाइनलमा

photocollage_202519225742366

दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा रोयल फूटबल क्लबले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार भएको म्याचमा रोयल फूटबल क्लबले युनाइटेड फूटबल क्लब दार्जीलिङविरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट बक्सर प्रधानले २ गोल गरे। यसबाहेक सुराग छेत्री, नयन प्रधान र राजेश सिंघाले १-१ गोल गरे। बक्सर प्रधानले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २० र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *