खाल्डा झट्टै मरमत्ति गरिनु पर्ने आवश्यकता
खरसाङ: खरसाङ बजारको अस्पताल मोडमुनि रहेको खाल्डामा बिहीबार एउटा गाडी फँसेको थियो। खरसाङ बजारको अस्पताल मोडको वान वे क्षेत्रमा रहेको मूल सडकमा केही दिन अघिदेखि उक्त खाल्डा रहेको देखिएको थियो। उक्त खाल्डामा कुदिरहेको गाडीहरुलाई धेरै असुविधा भईरहेको थियो भने कुनै पनि समय गाडी फस्न सक्ने देखिएको थियो। नभन्दै बिहीबार साँझको समय दार्जिलिङबाट सिलगढीतर्फ गईरहेको गाडी उक्त ठूलो खाल्डामा फँसेको छ। प्राप्त जानकारी अनुसार दार्जिलिङमा टुरिस्टहररु ड्रप गरेर सिलगढी फर्किरहेका सिलगढीका चालकको गाडी उक्त खाल्डामा पसेको थियो। यो खाल्डाले धेरै अघिदेखि दुर्घटना निम्ताईरहेको थियो। उक्त ठूलो खाल्डाको झट्टै मरमत्ति गरिनु पर्ने सबैले मांग गरिरहेका थिए भने सम्बन्धित विभागले झट्टै मरमत्ति गरिनु पर्ने माग गर्दै आईरहेका थिए। यसै खाल्डामा बिहीबार साँझ गाडी फसेर केही समस्या सिर्जना भएको थियो यस विषयमा गाडीका चालक पुनम डुक्पाले आफु दार्जिलिङमा पुलिसहरु ड्रप गरेर सिलगढी फर्किरहेको समय खरसाङको अस्पताल मोडको खाल्डामा फँसेको जानकारी गराएका छन्। उनले अर्को साईडबाट लाइटले गर्दा टल्केर खाल्डा नदेखेको पनि गाडी खाल्डामा फँसेको जानकारी गराएका छन्। उनले यो खाल्डा अघि खाल्डा जोगाउनलाई कुनै प्रकारको कुरा नराखिएकोले गाडी सोझै खाल्डामा फँसेको जानकारी गराएका छन्। उनले खरसाङ बजारको मुख्य भागमा रहेको यस्तो खाल्डा पुर्नु पर्ने बताउँदै काम ढिलो छिट्टो हुनसक्छ र कसैलाई पनि दोष दिएको होइन तर पनि यस्तो खाल्डा पुर्नु पर्ने हो साथै अलिकति सतर्कता अपनाउनु पर्ने हो भनी बताएका छन्। उनले आफ्नो गाडी खाल्डामा पसेर केही ठोक्किएको बताएका छन्।
अस्पताल मोडको खाल्डालाई सम्बन्धित विभागले झट्टै मरमत्ति गरेर पुर्नु पर्ने देखिएको छ। नत्र यस्तो प्रकारको दुर्घटना भविष्यमा पनि हुने सम्भावना प्रशस्त देखिएको छ। योभन्दा ठूलो दुर्घटना हुने सम्भावना देखिएको कारणले यो सडकको खाल्डा झट्टै मरमत्ति गरिनु पर्ने देखिएको छ।