निवेदिता खालिङ राईले स्नातकोत्तरमा प्राप्त गरिन स्वर्ण पदक

b3645984-3b2d-467d-90ec-26dc4262bdae

गोरुबथान- अप्पर दंगीया रेलिङ सानो गाउँकी छोरीले काशी हिन्दु विश्वविद्यालय (बिएचयु) बाट नेपाली भाषा र साहित्यमा यसपल्ट स्वर्ण पदक प्राप्त गरेको खबर प्राप्त भएको छ। पिता रत्नबहादुर खालिङ र माता फूलमाया राईकी सुपुत्रीले प्रारम्भिक शिक्षा गाउँकै पाठशालाबाट लिएर रेलिङ विद्यालयमा माध्यमिक तहसम्म पढि त्यसपछि तिनी महारानी गल्स विद्यालयबाट उच्च माध्यमिकसम्मको शिक्षा ग्रहण गरिन्। त्यसपछि तिनी दार्जिलिङ सरकारी महाविद्यालयबाट बिएपास गरी उनी एमएको लागि काशी हिन्दू विश्वविद्यालयतिर लागिन्। सानैदेखि लगनशील, मृदुभाषी निवेदिता खालिङले यसपल्ट स्वर्ण पदक प्राप्त गरेकी छन्। निवेदिता खालिङ नवोदित कवि पनि हुन्। तिनी समाजका तडकारो विषयहरूलाई लिएर कविता कथा कोर्ने गर्छिन्।   निवेदिता खालिङको सफलताको निम्ति हामी शुभकामना र तिनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement