गुवाहाटी(असम): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले वरिष्ठ अभिनेत्री ज्ञानदा काकतीको निधनमा गहिरो शोक सम्बेदना प्रकट गरेका छन्। मुख्यमन्त्रीले सामाजिक संजालमा लेखे, ‘पारघाट’ नामक असमिया फिल्मबाट फिल्म जगतमा कदम राख्ने ज्ञानदा काकतीले केही कालजयी असमिया फिल्महरूमा अभिनय गरी फिल्म प्रेमी तथा समीक्षकहरूको हृदयमा स्थान ओघटन सफल भइन्।
उनले भने, गायिकाको रूपमा पनि उनको एक विशेष पहिचान थियो। असमिया फिल्महरूसँगसँगै बंगला फिल्महरूमा पनि अभिनय गरी उनले प्रशिद्धि कमाइन्। ज्ञानदा काकतीद्वारा अभिनित फिल्म ‘पूर्वेरून’-ले बर्लिन फिल्म फेस्टिभलमा पनि ठाउँ बनायो।
मुख्यमन्त्रीले भने, विष्णु राभा पुरस्कार सहित केही सम्मान प्राप्त गर्ने यस महान अभिनेत्रीको निधन असमको सामाजिक जीवनको लागि ठूलो क्षति हो। उनले ज्ञानदाको आत्म शान्तिको लागि प्रार्थना गर्द शोक संतप्त परिवारप्रति गहिरो सम्वेदना व्यक्त गरे।