महाकुम्भ २०२५मा सहभागी हुने सांस्कृतिक कलाकारहरूले आध्यात्मिकता र कलात्मक परम्पराको प्रस्तुति दिने

2222222222222222A907

नयाँ दिल्ली: विश्वकै सबैभन्दा ठूला आध्यात्मिक महोत्सवमध्ये एक महाकुम्भ मेला केवल नदीहरूको संगम मात्र होइन, संस्कृतिहरू, परम्पराहरू र कलात्मक अभिव्यक्तिहरूको पनि संगम हो। प्रत्येक १२ वर्षमा आयोजना हुने यो भव्य महाकुम्भ धार्मिक र आध्यात्मिक सीमाभन्दा पर भारतको समृद्ध सांस्कृतिक धरोहरलाई प्रदर्शन गर्न विशेष मञ्च प्रदान गर्दछ।यसको मुख्य आकर्षणमध्ये एक सांस्कृतिक कलाकारहरूको प्रस्तुति हो, जसले आफ्ना सङ्गीत, नृत्य र नाटकमार्फत लाखौँ मानिसलाई मन्त्र मुग्ध गर्दै आस्थाको, भक्तिको र इतिहासको कथा सुनाउँछन्। शास्त्रीय नृत्यदेखि लोक परम्परासम्म, यी कलाकारहरूले भारतको सांस्कृतिक विविधताको जीवित चित्रण गर्छन्, जसले तीर्थयात्री र आगन्तुकहरूको आध्यात्मिक अनुभवलाई अझ समृद्ध बनाउँछ।

उत्तर प्रदेश सरकारले महाकुम्भ मेला २०२५ का लागि देशभरका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरेको छ। यी कलाकारहरूको प्रस्तुति १६ जनवरी २०२५ देखि शुरु भएर २४ फरवरी २०२५ सम्म चल्नेछ। पहिलो दिन प्रसिद्ध गायक शंकर महादेवनले यस भव्य सांस्कृतिक कार्यक्रमको उद्घाटन प्रस्तुति दिनेछन्, भने अन्तिम दिन मोहित चौहानले आफ्नो प्रस्तुति दिनेछन्। यसका साथै कैलाश खेर, शान मुखर्जी, हरिहरन, श्रीमती कविता कृष्णमूर्ति, श्रीमती कविता सेठ, ऋषभ रिखीराम शर्मा, श्रीमती शोवना नारायण, डा एल सुब्रमण्यम, श्री बिक्रम घोष, श्रीमती मालिनी अवस्थी र अन्य थुप्रै चर्चित कलाकारहरूले पनि यस महाकुम्भमा आफ्ना प्रस्तुति दिएर दर्शकहरूलाई मन्त्रमुग्ध बनाउनेछन्।

महाकुम्भ मेलामा सांस्कृतिक कलाकारहरूले आध्यात्मिकता र कलात्मक अभिव्यक्तिको अद्वितीय संयोजन प्रस्तुत गर्छन्। यी कलाकारहरूको प्रस्तुति लाखौँ मानिसहरूको मनमा अमिट छाप छोड्छ र भाषागत तथा क्षेत्रीय सीमाहरू पार गर्दै साझा श्रद्धा र विस्मयमा सबैलाई एकजुट गर्दछ। जसरी सङ्गीतका धुन, शारीरिक लय र कथाहरू महाकुम्भका पवित्र स्थानमा गुञ्जन्छन्, यसले सांसारिकता र दिव्यता बीचको पुलको रूपमा संस्कृतिको शाश्वत शक्तिको पुष्टि गर्छ। कलात्मकताको यस उत्सवका माध्यमबाट महाकुम्भ तीर्थयात्राभन्दा पर पुगेर एक अविस्मरणीय सांस्कृतिक यात्रामा परिणत हुन्छ। -पीआईबी

महाकुम्भ २०२५मा प्रस्तुति दिने कलाकारहरूको सूची हेर्नका लागि, कृपया यो लिंकमा जानुहोस्:

https://drive.google.com/file/d/1oWHyhakcdnB-ZIsTMNrLul_WM-b5Dc4Q/view?usp=sharing

सन्दर्भ:

सूचना तथा जनसम्पर्क विभाग (डीपीआईआर), उत्तर प्रदेश सरकार

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement