मुख्यमन्त्रीब्दारा ठूलो संख्यामाशिक्षकहरू भर्ना गर्ने घोषणा

IMG-20240717-WA0003

गुवाहाटी(असम: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यमा ४हजार ५सय लोअर प्राइमरी (एलपी)र अप्पर प्राइमरी (यूपी) शिक्षक पदहरूमा भर्ना गर्ने घोषणा गरेका छन्। यो कदम असम सरकारको आगामी २०२६-सम्म १.५ लाख सरकारी नोकरी दिने लक्ष्य अन्तर्गत गरिएको हो।
यी पदहरूको लागि आवेदन आगामी १५ फरवरीदेखि ३१ मार्चसम्म आधिकारिक निर्देशनालय प्राथमिक शिक्षा (डीईई)- को वेबसाइट dee.assam.gov.in मा गर्न सकिनेछ।
यसअघि वर्ष २०२४- मा शिक्षा विभागमा नवनियुक्त कर्मचारीहरूलाई नियुक्ति पत्र वितरण गरिएको कार्यक्रममा मुख्यमन्त्री सरमाले भाजपा सरकारको एक महत्वपूर्ण उपलब्धिमाथि चर्चा गरेका थिेए।
मुख्यमन्त्रीले भने, हाम्रो सरकारको कार्यकालमा ९७,४५४ मानिसहरूलाई सरकारी नोकरी प्राप्त भएको छ। उनले यो पनि भने, सरकारको भर्ना प्रक्रिया पूर्ण रूपले मेरिट आधारित छ जसमार्फत पहिलाको भ्रष्टाचारलाई समाप्त गरिँदैछ। उनले भने, पहिला सरकारी नोकरी घूसको माध्यमबाट पाइन्थ्यो भने अब हाम्रो सरकारले मेरिटमा आधारित नियुक्तिहरू सुनिश्चित गरेको छ।
मुख्यमन्त्रीले सामाजिक संजालको माध्यमबाट एउटा पोस्ट गर्दै यस बारे जानकारी साझा गरेका छन्। नवनियुक्त कर्मचारीहरूलाई बधाई दिँदै मुख्यमन्त्री सरमाले राज्यमा रोजगारका अवसरहरू अधिकभन्दा अधिक दिइने वचन दिए। उनले भने, हाम्रो लक्ष्य असमका १.५ लाख युवाहरूलाई सरकारी नोकरी दिनु हो ताकि राज्यको भविष्य अझ उज्जवल बन्न सकोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement