कोलकाता: इमामी लिमिटेडले पुरुषहरूको लागि प्रसिद्ध ब्राण्ड ‘फेयर एण्ड ह्याण्डसम’लाई नयाँ पहिचान दिँदै ‘स्मार्ट एण्ड ह्याण्डसम’को रूपमा रीब्राण्ड गरेको छ। यसका साथै, कम्पनीले बलिउडका चर्चित अभिनेता कार्तिक आर्यनलाई नयाँ ब्राण्ड एम्बेसडर बनाएको छ। दुई दशकदेखि मेल ग्रुमिङ मार्केटमा आफ्नो बलियो उपस्थिति बनाउँदै आएको यो ब्राण्डले उपभोक्ताहरूको बदलिँदो प्राथमिकता अनुसार परिवर्तन गर्दै आएको छ। आजका युवा पुरुषहरूले आफ्नो छालाको हेरचाह र ग्रुमिङलाई प्राथमिकता दिन्छन्, र स्मार्ट एण्ड ह्याण्डसमले ती बदलिँदो आवश्यकतालाई पूरा गर्न तयार छ। ब्राण्डको नयाँ क्याम्पेन ‘हरेक दिन ह्याण्डसम कोड’ले पुरुषहरूलाई आत्मविश्वास र व्यक्तित्वमा निखार ल्याउने उत्कृष्ट ग्रुमिङ समाधान प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ। ब्राण्डले युवाहरूलाई मात्र राम्रो देखिनुपर्ने हैन, तर आत्मविश्वास पनि महसुस गर्नुपर्ने विश्वास राख्छ।रीब्रान्डिङसँगै नयाँ प्याकेजिङमा ‘फेयर एण्ड ह्याण्डसम इज नाउ स्मार्ट एण्ड ह्याण्डसम’ भन्ने विशेष स्टेटमेन्ट समावेश गरिएको छ, जसले उपभोक्ताहरूलाई ब्राण्डप्रति अझ विश्वास दिलाउनेछ।

ब्राण्डको यो यात्रामा अर्को महत्त्वपूर्ण कदम कार्तिक आर्यनको अनुबन्ध हो। युवा उर्जा, स्टाइल र आकर्षणका लागि परिचित कार्तिकले पुरुषहरूलाई हरेक दिन आकर्षक र आत्मविश्वासित देखिन प्रोत्साहित गर्छन्। कार्तिकसँगको साझेदारीले युवा उपभोक्ताहरूसँग ब्राण्डको सम्बन्ध अझ प्रगाढ बनाउनेछ। इमामी लिमिटेडका उपाध्यक्ष र होलटाइम डाइरेक्टर मोहन गोयङ्काले भने, “आजका युवाहरूको ग्रुमिङ आवश्यकतालाई ध्यानमा राख्दै हामीलाई यो क्षेत्रमा अपार सम्भावना देखिएको छ। फेयर एण्ड ह्याण्डसमलाई स्मार्ट एण्ड ह्याण्डसमको रूपमा पुनः ब्रान्डिङ गर्नु उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखी गरिएको महत्त्वपूर्ण निर्णय हो। नयाँ उत्पादनहरू र ब्राण्डका नयाँ अनुहार कार्तिक आर्यनसँगको सहकार्यले मेल ग्रुमिङ मार्केटमा हाम्रो स्थिति अझ सुदृढ बनाउनेछ।” कार्तिक आर्यनले भने, “स्मार्ट एण्ड ह्याण्डसमको अनुहारको रूपमा इमामी परिवारसँग जोडिन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। आजका दिनमा ग्रुमिङ केवल राम्रो देखिनेमै सीमित छैन, यो आत्मविश्वास, ऊर्जा र व्यक्तित्वमा निखार ल्याउने माध्यम हो। पुरुषहरूको ग्रुमिङ समाधानप्रति मेरो दृष्टिकोण ब्राण्डको सोचसँग मेल खान्छ।”
टीभीसी युट्युब लिङ्कहरू: