राष्ट्रपति भवन २१ देखि २९ जनवरीसम्म बन्द रहने

amrit-udyan

नयाँ दिल्ली: गणतन्त्र दिवस परेड र बीटिङ रिट्रीट समारोहको कारण राष्ट्रपति भवन २१ देखि २९ जनवरीसम्म सर्व साधारण जनताको निम्ति बन्द रहनेछ। उक्त समयमा प्रत्येक शनिवार हुने गार्डहरूको अदला-बदलीको समारोह पनि हुनेछैन।
राष्ट्रपति कार्यालयले बिहिवार जानकारी दिदै आगामी गणतन्त्र दिवस परेड र बीटिङ रिट्रीट समारोहको कारण २१ देखि २९ जनवरीसम्म सर्व साधारण जनताको निम्ति राष्ट्रपति भवन (सर्किट१) को दौड़ाह बन्द रहनेछ। गणतन्त्र दिवस परेडको रिहर्सलको कारण राष्ट्रपति भवनमा ११.१८ र २५जनवरीमा गार्डहरूको अदला-बदलीको समारोह पनि हुनेछैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement