खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्स आज खरसाङको टुङ सन्त मेरिज समष्टिको सन्त मेरिज ग्राम पञ्चायत २ अन्तर्गत सिंगेल चियाबारी भ्रमणमा आएका थिए। आज अजय एडवर्ड्सले बाँसघारी लगायत सिँगेल क्षेत्रको भ्रमण गरेका छन्। यसावधि उनले सिंगेल चियाबारीको सोचनीय अवस्थामा रहेको बाटोको पनि निरीक्षण गरेका छन्। उनले यसावधि पत्रकारहरुलाई सम्बोधन गर्दै गत दुई वर्षअघि सिंगेल चियाबारीको भ्रमणमा आएको थिए तेतिबेला पनि बाटो बनिनु लागेको थियो तर अहिलेसम्म पनि बनिएको छैन भनी बताएका छन्। उनले सिंगेल चियाबारीमा बाटो मरमत्तिको लागि गत नोभेम्बरमा नै नरिवल फुटेको हो तर अहिलेसम्म पनि बाटो बनिएको छैन। यो अवस्था सिंगेलमा मात्र होइन पहाडभरि यस्तो रहेको आरोप लगाएका छन्। उनले सिंगेल चियाबारीको सोचनीय अवस्थामा रहेको बाटोको मरमत्ति चाढै निर्माण गरिनु पर्ने बताएका छन्।
उनले यस क्षेत्रको जनप्रतिनिधिहरुले बाटो मरमत्तिको लागि झट्टै काम गर्नु पर्ने नत्र फेरि जनताले भोट नदिने बताएका छन्। उनले पहाडमा भ्रष्टाचार बढेको बताउँदै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले माटोको लागि साथै पहाडको विभिन्न समस्याहरू समाधानको लागि पनि कार्य गर्ने बताएका छन्।