दार्जीलिङमा चालकहरुको नयाँ संगठन “हिमालयन ड्राइभर एण्ड अनर्स वेलफेयर एसोसिएसन” गठन

IMG-20250109-WA0220

दार्जिलिङ: चालकहरुले प्रत्येक दिन भोग्न परिरहेको समस्यालाई सठीक प्रकार ले कुनै चालक संगठनले सम्बोधन नगरेको साथै अहिलेको कुनै पनि चालक संगठनहरुसंग तालमेल नमिलेको भन्दै आजबाट दार्जीलिङमा चालकहरुको नयाँ संगठन “हिमालयन ड्राइभर एण्ड अनर्स वेलफेयर एसोसिएसन” गठन भएको छ। संगठन गैर राजनैतिक हुने एसोसिएसन तर्फ बाट बताएको छ। यस संगठनले आफ्नो पहिलो टेकको रूपमा दार्जीलिङमा टाइगर हिलको निम्ति काट्न पर्ने टोकन बन्द गर्न लाउने पाइला चाल्ने भएको छ भने ट्राफिक समस्या समाधानको निम्ति पनि प्रशासनसंग मिलेर काम गर्ने आज दार्जीलिङमा पत्रकार सम्मेलनमा बताएका छन्‌। युवा चालकहरु लगायत गाडी मालिकहरुलाई लिएर गठन भएको यस संगठनले दार्जीलिङ बाहिर पनि आफ्नो संगठन विस्तार गर्ने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement