तकभर समष्टिमा हाम्रो नारी शक्ति समुहको गठन

IMG-20220902-WA0119.jpg

दार्जीलिङ: तकभर समष्टिमा हाम्रो शक्ति समुहको गठन। तकभर समष्टि अन्तर्गत भातकभरको खालिङ धूरामा हाम्रो पार्टीको नारी संगठन हाम्रो शक्ति समुहको सभा सम्पन्न भयो।आयोजित सभामा बडा पताबुङ, रानी बन, भातकभर, तकभर आदि क्षेत्रका पार्टी कार्यकर्ता एंव समर्थकहरूको उपस्थिति रहेको थियो।सभामा पहाडको बर्तमान राजनैतिक स्थिति अनि हाम्रो पार्टीको भिजन साथै पार्टी अध्यक्ष अजय एडवार्डसको समाजिक कार्यहरू अनि उनको इमान्दारिता माथि उपस्थित पार्टी कार्यकर्ता एंव समर्थकहरूले आआफ्नो पक्षहरू राख्दै हाम्रो पार्टीको भिजन साथै पार्टी अध्यक्ष अजय एडवार्डसको इमान्दारितालाई घर घरमा पुऱ्याउने वाचाहरू गर्दै हाम्रो नारी शक्ति समुहको गठन गर्ने निर्णय लिए। जसमा सर्वसमति अनुरूप सरू देवानलाई अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष फिलोमिना लेप्चा, सचिव पूर्णिमा सुब्बा, सहसचिव संध्या गोम्स, विनिता राई, कोषाध्यक्ष प्रर्मिला गुरूङ, सह कोषाध्यक्ष संगीता मुखियाँ, सुजता गुरूङलाई चयन गरियो। त्यसरी नै सरिता थापालाई प्रबक्ता चयन गरिएको छ। त्यसै गरी कार्यकारी सदस्यहरूमा बन्दना राई,सुरक्षा राई,रत्ना माला तामाङ अनि शारदा तामाङ लाई चयनर गरिएको छ। आजको सभामा हाम्रो शक्ति समुहको केन्द्रीय अध्यक्ष शोभा मोक्तान, महासचिव बन्दना मंगर, प्रबक्ता लहमु शेर्पा, रेनुका प्रधान र देविका याल्मो उपस्थिति रहेका थिए। नव निर्वाचित पदाधिकारीहरूलाई केन्द्रीय नेतृत्वहरूले खदा लगाउँदै संगठनलाई दरिलो बनाउने आहवान गरयो। सभामा उपस्थित नेतृत्वबर्ग एंव कायकर्ता, अनि समर्थकहरूले तकभर क्षेत्रमा हाम्रो पार्टी अनि हाम्रो शक्ति समुहलाई दरिलो बनाएर लैजाने वचन पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement