१८औं सुकना गोल्ड कपःजलपाइगढ़ी डिस्ट्रिक्ट पुलिसको रोमाञ्चक जीत

photocollage_202519181016611

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा जलपाइगढ़ी डिस्ट्रिक्ट पुलिसले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत बिहीवार सुकना हाई स्कूल मैदानमा खेलिएको म्याचमा जलपाइगढ़ी डिस्ट्रिक्ट पुलिसले जेभीसी सिंगतामविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट दिपंकर रोय ले २८औं र विकास रोय ले ८३औं मिनटमा गोल गरे। यसरी जेभीसी सिंगताम को तर्फबाट एम्यानूएल ले ६५औं मिनटमा गोल गरे। विकास रोय ले प्लेयर अव् द म्याच को पुरस्कार जिते। शुक्रवार खेलिने म्याचमा कञ्चनजंघा फूटबल क्लब र राजगञ्ज वेलफेयर एसोसिएशनबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement