११औं मिलन मोड़ गोल्ड कपः आफ्नो विजयाभियान जारी राख्दै फाइनलमा पुग्यो मिलन समिति

photocollage_202519175954509

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा मिलन समिति, कलकत्ताले फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा बिहीवार भएको दोस्रो सेमिफाइनल म्याचमा मिलन समिति, कलकत्ताले नवांकुर संघविरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट मुन्ना (३५औं र ९०+५ औं मिनट) र बाबाई (४५औं र ८९औं मिनट) ले २-२ गोल गरे। यसबाहेक जीतले ७९औं मिनटमा गोल गरे। यसरी नवांकुर संघको तर्फबाट इवान ले ८७औं र वांगदेन तामाङ ले ९०औं मिनटमा गोल गरे। बाबाई ले प्लेयर अव् द म्याच को पुरस्कार जिते। अब १२ जनवरी २०२५-मा खेलिने टुर्नामेण्टको फाइनलमा मिलन समिति, कलकत्ता र कनकाई स्पोर्टिंग क्लब (नेपाल) बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement