यसपाली सिविटारमा सुन्तला फलाई एकदमै कम

IMG-20250109-WA0198

फलाई कम भएको कारण र समाधान खोज्न आवश्यक

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारमा सुन्तला टिपाई अन्तिम चरणमा पुगेको छ भने यसपाली सुन्तला फलाई एकदमै कम भएको छ। खरसाङभरिमा सबैभन्दा बेसी फल्ने साथै मिठो र साइजमा पनि ठूलो हुने सिविटारको सुन्तला यसपाली फलाईमा गत वर्षको तुलनामा तीन गुणा कम्ती रहेको बताइएको छ। यसपाली सुन्तलामा किरा लागेर साथै विभिन्न रोगहरु लागेर फलाई कम भएको सुन्तला कृषकहरु बताउँछन्। गत वर्ष सिविटारको सुन्तला एकैजनाको सुन्तला बगानबाट २ लाख नब्बे हजारसम्मम बिक्री भएको बताइएको छ। तर यसपाली एकजनाको बगानमा सुन्तला अधिक खर्चमा बिक्री भएको भनेको ७५ हजार रुपियाँमा मात्र बिक्री भएको बताइएको छ भने निम्नतम १०-१५ हजारमा मात्रै बिक्री भएको जानकारी प्राप्त भएको छ। सिविटारको विभिन्न गाउँहरूमा सुन्तला खेती निक्कै बेसी हुने गरेको छ। तर यसपाली सुन्तला फलाई एकदमै कम भएको सुन्तला कृषकहरुले बताएका छन्‌। सिविटारको विभिन्न गाउँहरूमध्ये ५ नम्बर गाउँ, १२ नम्बरको बुम्थिङ्ग डाँडा क्षेत्रमा यसपाली केही अलिक फलेको तर गत वर्षहरुमा अधिक सुन्तला फल्ने गाउँहरु तेरेस गाउँ, गुम्बाडाँडा र गैरी गाउँ क्षेत्रमा सुन्तला फलाई एकदमै कम रहेको जानकारी प्राप्त भएको छ। सिविटार क्षेत्रको सुन्तला गाउँकै पैकारीहरु र बाहिरबाट आएका पैकारीहरुले पनि सुन्तला बगान नै मोलाई गरेर लिने गरेका छन् भने कतिजनाले आफै बजारमा लगेर बिक्री पनि गर्ने गरेका छन्। यसको साथै पैकारीहरुले सिविटारको सुन्तला खरसाङ बजार र सिलगढी बजार लगेर बिक्री गर्ने गरेका छन्। सिविटारको सुन्तला बगान बगान किन्ने पैकारीहरुले पनि यसपाली सिविटारको सुन्तला फलाई कम भएको बताएका छन्‌। सिविटारको सुन्तला फलाई र बिक्री विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीय पैकारीहरु दिवस प्रधान र अजित प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले जानकारी गराए अनुसार गत वर्षको तुलनामा यस वर्ष सिविटारमा सुन्तला फलाई एकदमै कम भएको छ। सिविटारको पाँच नम्बर गाउँमा गत वर्ष यही सुन्तला बगानमा दुई लाख ५० हजारमा किनेको तर यसपाली फलाई कम भएको कारणले यो सुन्तला बगान केवल ७५ हजारमा मात्र किनेको बताएका छन्।

गत वर्ष एउटा सुन्तला बगान २ लाख ९० हजारसम्ममा किनेको तर यसपाली सुन्तला फलाई एकदमै कम भएको कारणले सुन्तला फलाई हेरेर त्यही अनुसार दाम दिएर बगान नै मोलाई गरिने जानकारी गराएका छन्‌‌। दुवैले सुविटारमा सुन्तला बगान नै किनेर बिक्रीको लागि खरसाङ र सिलगढी बजार लगिने बताएका छन्‌। यसपाली सिविटारमा सुन्तला फलाई एकदमै कम हुनुको कारण किरा लागेर साथै अन्य बिमारहरुले गर्दा भएकोले उक्त कुरालाई ध्यानमा राखेर समाधान खोज्नु आवश्यक देखिको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement