दार्जिलिङ: रेलिङ कैजले समष्टि अन्तर्गत कैजले बजारबाट एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय युवाहरूको समूह सचेत युवा समूहले हालै नयाँ वर्षको शुरुवातसगैं सिलगढ़ी महकुमा परिषद लगायत दार्जिलिङ र कालेबुङ जिल्लाहरूमा प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत जुन हालैमा २५ नयाँ ग्रामीण सड़क परियोजनाहरूको टेन्डर नोटिस सार्वजनिक भएको छ। जो नयाँ ग्रामीण सड़क परियोजनाहरूमा जम्मा १९४.३३ कि.मी. ग्रामीण सड़कहरूको निर्माण १५९.१ करोड़को लागतमा गरिनेछ। यही विषयलाई मध्य नजरमा राख्दै यी २५ ग्रामीण सडक योजनाहरू मध्यमा पूल बिजनबारी गोक समष्टिको बिजनबारी बजारदेखि रेलिङ कैजले समष्टिको कैजले बजार हुँदै रिम्बिक लोधोमा समष्टिको लोधोमासम्मको एउटा सडक र रेलिङ कैजले समष्टिको कैजले बजारदेखि रेलिङ हुँदै सुके मानेभञ्ज्याङ समष्टिको मानेभञ्ज्याङसम्मको जीर्ण अवस्था रहेको अर्को सडकको टेन्डर नोटिस पनि निस्किएपछि हर्ष व्यक्त गर्दै यी दुवै बाटोहरूको पनि अवस्था अत्यन्तै दयनीय र जीर्ण रहेको साथै यसको यथाशीघ्र निर्माण र मर्मत हुनुपर्छ भनेर धेरै अघिदेखि र धेरै पल्ट सम्बन्धित निकायलाई गुहार र अपिल पनि चढाएको जनाएको छन्। समूहको सदस्य सन्दीप यक्सोले बाटोको काम गुणस्तरीय साथै सरकारी मापदण्ड अनुरुपमा भएको हुनुपर्छ यदि त्यसो नभएको खण्डमा आफूहरू यसको विरोधमा उत्रनेछौं भनेर बताएका छन्। साथमा अर्को सदस्य पृथराज लिम्बुले पनि बाटोको काममा स्थानीय लाभार्थी, गाउँहरु, चालकहरू, पञ्चायतको जननिर्वाचित प्रतिनिधिगण सबै अघि आएर यसको निरिक्षण र निगरानी राख्नुपर्ने अपिल साथै अवश्यकता परेको खण्डमा आफूहरू सधैं जनताको निम्ति अघि आएको र फेरि पनि लापरवाही भएको खण्डमा अघि आएर विरोधमा उत्रने चेताउनी पनि दिएका छन्। सचेत युवा समूहको पक्षबाट करण क्षेत्री, सन्जिब राई, पृथराज लिम्बु, प्रशान्त गुरुङ, कमल सुवेदी, सन्दीप यक्सो, अनिल प्रधान आदि विशेष रुपमा उपस्थित थिए।








