मुख्यमन्त्री पीएस गोलेलाई नयाँ पदभार प्राप्त मन्त्रीद्वयले भेट गरे

17-15-48-ps.jpg

गान्तोक: सिक्किमको राज्य मन्त्रीमण्डलमा हिजो सामान्य फेरबदल भएपछि नयाँ विभागहरूको जिम्मेवारी पाएका दुई जना मन्त्री सञ्जीत खरेल र एमएन शेर्पाले आज मुख्यमन्त्री प्रेमसिंह गोलेसँग भेट गरे। भेट अवधि मुख्यमन्त्री तामाङले दुवै मन्त्रीलाई नयाँ जिम्मेवारीको निम्ति बधाई एवम् शुभकामना दिए। दुवै मन्त्रीले आफुले पाएको जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्ने कटिबद्धता व्यक्त गरे। मुख्यमन्त्री गोलेले राज्यको कल्याणमा नयाँ जिम्मेवारीलाई जनताको अपेक्षाअनुरूप तिनीहरूले पूरा गर्ने कुरामाथि विश्वास व्यक्त गरे। स्मरण रहोस, मन्त्री सञ्जीत खरेललाई सामाजिक कल्याण, महिला एवम् बाल विकास विभागको नयाँ जिम्मेवारी सुम्पिएको छ भने यातायात विभागको जिम्मेवारी अब मन्त्री एमएन शेर्पालाई सुम्पिदिएको छ। यसरी नै, मन्त्री एमएन शेर्पासमक्ष भएको श्रम विभागको जिम्मेवारी मन्त्री लोकनाथ नेपाललाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement