विराटनगर: प्रतिनिधिसभाकाे सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन्। बिहीबार बिहान माेरङ प्रहरीले पक्राउ गरेकाे हाे।
मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन्।
पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएकाे आराेप छ ।आज पक्राउ परेका पाेखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
सहकारी ठगी आराेपमा फरार रहेकी ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन्। बुधबार नै उनी जिल्ला अदालत माेरङकाे आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन्।
बिहीबार बिहान उनका पूर्वस्वकीय सचिव पक्राउ परेका हुन्। ठगीकाे घटना सार्वजनिक भएपछि पाेखरेलले अनिललाई जिम्मेबारीबाट हटाएका थिए।