लस एञ्जिलिस: एलन मस्कका पिताको भनाइअनुसार, उनका अरबपति छोराले ईंग्लिश प्रीमियर लीगको फूटबल क्लब लिभरपूललाई किन्ने इच्छा व्यक्त गरेका छन्। ईंग्लिश फूटबल क्लबको निजी स्वामित्व अहिले फेनवे स्पोर्ट्स ग्रुपसँग रहेको छ। उनीहरूले क्लबलाई बिक्री गर्ने अहिले कुनै संकेत दिएका छैनन् तर यस टीममा बाहिरी निवेश पनि रहेको छ। यसैकारण मस्कले यस क्लबलाई खरीद गर्न सक्नेछन्। पिता एरोल मस्कले एउटा साक्षात्कारमा टेस्लाका सीईओ एलन मस्कले ६ पल्टको यूरोपियन कप च्याम्पियन क्लबलाई खरीद गर्नमा रुची देखाएको स्वीकार गरेका छन्। एरोल मस्कले भने, उनी क्लब किन्न इच्छुक छन् तर उनले किन्ने नै छन् भन्ने चाहिँ होइन। उनमा क्लबलाई किन्ने इच्छा चाहिँ छ। कसैले पनि त्यस क्लबलाई किन्ने चाहनेछन्। मेरो पनि इच्छा छ। म अहिले यसबारे अधिक केही टिप्पणी गर्न चाहदिनँ। उनीहरूले क्लबको मूल्य बढ़ाउन सक्छन्। यसबीच एसोसिएटेड प्रेसद्वारा सम्पर्क गरिँदा फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी)-का एकजना प्रवक्ताले चाहिँ यी खबरहरूमा कुनै सत्यता नरहेको बताएका छन्। सेप्टेम्बर २०२३-मा एफएसजी-ले अमेरिकी निवेश फर्म डायनेस्टी इक्विटीलाई अल्पमत हिस्सेदारी बेचेको थियो। त्यस समय एफएसजी-का अध्यक्ष माइक गार्डनले भनेका थिए, लिभरपूल प्रति हाम्रो दीर्घकालिक प्रतिबद्धता सदा झैं मजबूत छ। हामीले सदा भनेका छौं कि कुनै विनेश भागीदार छन् जो लिभरपूलको निम्ति सही छ भने हामी त्यस अवसरको लाभ अवश्यै उठाउनेछौं। क्लबको भविष्यमा कुनै पनि प्रकारको वित्तीय समस्या आउन दिनेछैनौं। उल्लेखनीय छ, एफएसजी-को आगमनपछि लिभरपूलले स्वयंलाई फेरि एकपल्ट यूरोपका अग्रणी क्लबको रूपमा स्थापित गरेको छ। लिभरपूलले च्याम्पियन्स लीग खिताब जितेको एक सीजनपछि २०२०-मा ३० सालको लामो प्रतीक्षापछि पहिलोपल्ट प्रीमियर लीग खिताब जितेको थियो। यस सीजनमा पनि क्लब प्रीमियर लीग र च्याम्पियन्स लीगको खिताब जित्ने रेसमा रहेको छ।