टेस्ट बलरहरूका ऱ्याङकिंगमा बुमराह शीर्ष स्थानमा कायम

IMG-20250109-WA0114

दुबई: भारतीय पेस बलर जससप्रीत बुमराहले आईसीसीद्वारा जारी टेस्ट बलरहरूका नवीनतम ऱ्याङकिंगमा आफ्नो बादशाहत कायम राख्दै सर्वश्रेष्ठ ९०८ रेटिंग पोइण्ट्सको साथ आफ्नो शीर्ष स्थानलाई कायम राखेका छन्। अष्ट्रेलियाविरुद्ध पाँचौं तथा अन्तिम टेस्ट म्याच अघि ९०७ पोइण्ट्सको साथ आईसीसी ऱ्याङकिंगमा कुनै पनि भारतीय बलरको सर्वश्रेष्ठ रेटिंगको रेकर्ड बनाउने बुमराहले सिडनी टेस्ट म्याचको पहिलो ईनिंग्समा २ विकेटको साथ आफ्नो रेटिंगमा १ पोइण्टको सुधार गरेका छन्। ढाड़को चोटले गर्दा उनले पहिलो ईनिंग्समा अधिक बलिंग गरेनन्। त्यसपछि दोस्रो ईनिंग्समा त उनले एक ओभर पनि बलिंग गरेनन्। यसैकारण उनले म्याचमा केवल २ विकेट हासिल गरेका थिए। देब्रे हातका स्पिनर रविन्द्र जडेजा पनि एक स्थानको सुधार गर्दै संयुक्त रूपले नवौं स्थानमा पुगेका छन्। उनी शीर्ष १०-मा बुमराहपछि दोस्रो भारतीय हुन्। जडेजा अष्ट्रेलियाका स्कट बोलाण्डसँग संयुक्त रूपले नवौं स्थानमा छन्। सिडनी टेस्टमा उत्कृष्ट प्रदर्शन गर्ने बोलाण्डले २९ स्थानको व्यापक सुधार गर्दै शीर्ष १०-मा स्थान बनाएका छन्। सिडनीमा बोलाण्डले जम्मा १० विकेट हासिल गरेका थिए। उनले प्रदर्शनले अष्ट्रेलियाई टीमलाई एक दशकपछि बोर्डर गावस्कर ट्रफी दिलाउनमा ठूलो भूमिका निर्वाह गऱ्यो।
अष्ट्रेलियाई कप्तान प्याट कमिन्सलाई पनि ऱ्याङकिंगमा फाइदा भएको छ अनि अन्तिम टेस्टमा हासिल गरेको ५ विकेटको साथ उनी दोस्रो स्थानमा पुगेका छन्। दक्षिण अफ्रिकाका पेस बलर कगिसो रबाडा पनि एक स्थान अघि बढ़ेर तेस्रो स्थानमा पुगेका छन् जबकि चोटग्रस्त जोश हेजलवुड चाहिँ दुई स्थान झरेर चौथो स्थानमा पुगेका छन्। सिडनी टेस्ट म्याचको दोस्रो ईनिंग्समा ३३ बलमा ६१ रन बनाउने रिषभ पन्त टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा ३ स्थान अघि बढ़ेर नवौं स्थानमा पुगेका छन्। यसरी भारतीय ओपनिंग ब्याटर यशस्वी जयसवालले आफ्नो चौथो स्थान कायम राखेका छन्। पाकिस्तानविरुद्ध दोस्रो टेस्ट म्याचमा शतक बनाउने दक्षिण अफ्रिकी कप्तान तेम्बा बावुमा ३ स्थान अघि बढ़ेर छैटौं नम्बरमा पुगेका छन् अनि उनले करियरको सर्वश्रेष्ठ ७६९ रेटिंग पनि हासिल गरेका छन्। यसरी काइल वेरेने पनि शतकीय ईनिंग्सको साथ ४ स्थानको फाइदासहित २५औं स्थानमा पुगेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *