सिलगढी: आज (८ जनवरी) कदमतला उच्च माध्यमिक विद्यालयमा कदमतला मनिटरिङ अर्गानाइजेसनको सक्रियतामा नारी बेचबिखन अनि बाल विवाहबारे सचेतना कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रम हुमेन पीएसका पुलिसक्रमी अनि शक्ति वाहिनी एनजीओका सदस्यहरूको विशेष सहयोगद्वारा सम्पन्न भयो। कार्यक्रमको स्वागत भाषण विद्यालयका प्रधान अ़ध्यापक डा चित्रबहादुर छेत्रीले राखे। उनले स्वागत भाषणको क्रममा यस्ता सचेतना अत्यन्त राम्रो हो भने साथै आगामी दिनमा यस्ता सचेतना कार्यक्रमहरूलाई स्वागत तथा सहयोग गर्ने वचन दिए। शक्ति वाहिनी अर्गानाइजेसनका जिल्ला संयोजक रोशनी राईले बाल विवाह अनि नारी बेचबिखन सम्बन्धी बुझाए। यसरी नै हुमेन पीएसका प्रभारी मुमताज बेगमले वर्तमान नारी बेचबिखन कसरी बढिरहेछ र कसरी नारीहरू सर्तक रहनुपर्ने भनी सुझावहरू दिइन्। गुरूकुलका शिक्षक अरूणा योसले पनि बालविवाह र नारीबारे व्यक्तव्य राखे। कार्यक्रम सञ्चालन श्रीमती गीता देवानले गरेका थिए। कदमतला मनिटरिङ अर्गानाइजेसनका सदस्यहरू रेखा छेत्री, माया थापा, रोशनी तामाङ, प्रणेता थापा, देवकी दाहाल, देविना राई, सरस्वती दाहाल, गङ्गा गुरूङ, प्रियतमा तामाङ कार्यक्रम उपस्थित थिए भने यसैअर अर्गानाइजेसनको अध्यक्ष देविका सुब्बाले धन्यवाद ज्ञापन दिएर कार्यक्रम समाप्त गरे।