गान्तोक: साइबर क्राइमको फन्दामा परेर तादोङ निवासीले लाखौं रूपियॉं गुमाएका छन्। यस घटनाको सन्दर्भमा सदर थानामा प्राथमिकी दर्ता गरिएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, पीडित व्यक्तिलाई गत २ जनवरीका दिन ब्याङ्कको नाममा एउटा टेक्स्ट म्यासेज प्राप्त भयो, जसमा एउटा लिङ्कमा क्लिक गर्न लगाइएको थियो। उनले लिङ्क खोलेर आफ्ना जानकारीहरू भरे, तर वेबसाइट लगइन् गर्न सकेनन्।
त्यसपछि, राति १०:३० देखि ११:०० बजी उनलाई दुईवाट म्यासेज प्राप्त भयो, जसमा उनको ब्याङ्क खाताबाट ४,४७,००० रूपियॉं र ५०,००० रूपियॉं निकालेको जानकारी थियो। उनले कस्टमर केयर र नेशनल साइबर क्राइम रिपोर्टिङ पोर्टलमा शिकायत दर्ता गराएका छन्।
पुलिसले यस सम्बन्धमा मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।