नयाँ दिल्ली: आफ्नो विध्वंशी ब्याटिंगले गर्दा चिनिने न्यूजील्याण्डका ओपनर मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको पुष्टि गरे, जसले उनको १४ सालको यादगार करियरको पनि समापन भयो । ३८ वर्षीय गप्टिलले न्यूजील्याण्डको निम्ति १९८ वटा वनडे, १२२ वटा टी२०आई र ४७ वटा टेस्ट म्याच खेलेर जम्मा २३ वटा अन्तर्राष्ट्रिय शतक बनाए। उनले अन्तिमपल्ट २०२२-मा न्यूजील्याण्डको निम्ति खेलेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे पनि उनले विभिन्न टी२० लीगहरूमा खेल्न चाहिँ जारी राख्नेछन्। गप्टिलले १२२ वटा म्याचमा ३५३१ रन बनाएर टीमका एकजना प्रमुख टी२०आई रन स्कोररको रूपमा आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्त गरिरहेका छन्, जुन देशको कुनै पनि खेलाड़ीको निम्ति प्रारूपमा दोस्रो सर्वश्रेष्ठ प्रदर्शन हो। गप्टिलको नाममा ७३४६ अन्तर्राष्ट्रिय रन पनि रहेको छ। न्यूजील्याण्डको तर्फबाट उनडे क्रिकेटमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा उनी रस टेलर र स्टेफन फ्लमिंगपछि तेस्रो स्थानमा रहेका छन्। गप्टिलले भनेका छन्, एउटा सानो बालकको रूपमा न्यूजील्याण्डको निम्ति खेल्ने मेरो सपना थियो अनि अहिले म आफ्नो देशको निम्ति ३६७ वटा म्याच खेलेर अविश्वसनीय रूपले भाग्यशाली र गौरवान्वित अनुभव गरिरहेको छु। गप्टिललाई अन्तर्राष्ट्रिय करियरको अवधि १३८५ वटा चौका र ३८३ वटा छक्का लगाउनको साथै २०१९ वर्ल्ड कपको सेमिफाइनलमा एमएस धोनीलाई रनआउट गरेको घटनाको निम्ति याद गरिनेछ। गप्टिलले २००९-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए अनि उनी वनडे क्रिकेटमा दोहोरो शतक बनाउने न्यूजील्याण्डका पहिलो पुरुष ब्याटर थिए। उनले वेलिंगटनमा २०१५ वनडे वर्ल्ड कपको अवधि वेष्ट इण्डिजविरुद्ध अविजित २३७ रन बनाएका थिए।