लघु उद्योग भारती, सिक्किम शाखाको गठन

IMG-20250108-WA0259

गान्तोक: आज राजभवनमा आयोजित लघु उद्योग भारतीको एउटा कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुरेले सहभागिता जनाए। यस अवसरमा लघु उद्योग भारतीका पूर्व अध्यक्ष ओम प्रकाश मित्तलको अगुवाइमा राष्ट्रीय सचिव प्रवीण अगरवाल एवं बङ्गाल एकाईका महासचिव विपिन सिङ्घलको अनि विभिन्न उद्योगपतिहरूको उपस्थिति रहेको थियो।
आजको कार्यक्रमअवधि विश्वकै सबैभन्दा ठूलो औद्योगिक सङ्गठन लघु उद्योग भारतीको सिक्किम शाखा गठन गरिएको औपचारिक घोषणा गरियो। लघु उद्योग भारती, सिक्किम शाखाका अध्यक्ष आशीष मौर्य अनि महासचिव राकेश अगरवाल चुनिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल ओम प्रकाश माथुरले सिक्किममा औद्योगिक विकासका प्रशस्त सम्भावना रहेको बताए। लघु उद्योग भारती सिक्किम शाखामा राज्यका सबै उद्यमीहरूलाई सामेल गरिनुपर्ने कुरामा उनले जोर दिए। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै लघु उद्योग भारतीका पूर्व अध्यक्ष ओम प्रकाश मित्तलले देशभरि सङ्गठनका गतिविधिहरूमाथि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement