गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औँ वर्षगाँठलाई केन्द्र गर्दै विभिन्न कार्यक्रमहरु शुरु भएको छ। यो स्वर्ण जयन्ती कार्यक्रम सिक्किमले भव्य रूपमा पालन गर्ने भएको छ। उत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजन हुने क्रम शुरु भएको छ। यसैको एक भागका रूपमा नाम्ची जिल्लाको जोर्थाङमा भव्य माघे सङ्क्रान्ति मेला आयोजना भइरहेको छ। मेलाको अवसरमा अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता आयोजना गरिँदैछ। जसको उद्घाटन भोलि हुनेछ। साथमा अन्य प्रदर्शनी प्रस्तुत गरिनेछ। अहिले तीव्र गतिमा चलिरहेको उद्घाटनपूर्वको तयारी पूरा भइसकेको छ। मेला आयोजक समितिका मुख्य संरक्षक एवम् क्षेत्र विधायक तथा सल्लाहकार मदन सिञ्चुरी र टोलीले लगातार रूपमा तयारी कार्यको निगरानी गरिरहेका छन्। यो मेलाले सिक्किमको विविध सांस्कृतिक महत्तवलाई उजागर गर्नेछ भने राज्यको समृद्ध परम्परा झल्काउनेछ। मेलामा सामेल हुन सिक्किमका हरेक नागरिकलाई निमन्त्रणा गर्दै यहाँहरूको उपस्थितिले कार्यक्रमको शोभा बढ्ने विश्वास राखिएको छ।