गान्तोक: सिटिजन एक्सन पार्टी, सिक्किमको बैठक आज पार्टी मुख्यालय अदमपुलमा बस्यो। समष्टि अध्यक्षहरूको महत्वपूर्ण उक्त बैठकको अध्यक्षता पार्टी अध्यक्ष श्री गणेश राईले गरेका थिए। कार्यक्रमको शुरुवात महासचिव प्रशासन सीएम शर्माको स्वागत सम्बोधनबाट भएको थियो। यस अवसरमा समष्टि अध्यक्षहरूलाई औपचारिक रूपमा कार्यालय आदेश वितरण गरियो। बैठकमा पार्टीका वरिष्ठ नेताहरू भूषण अधिकारी, किरण जिम्बा, सुमती छेत्री, प्रशान्त बाबू छेत्री, र एचबी राई लगायतले आफ्नो विचार प्रस्तुत गर्दै पार्टीका आगामी योजनाहरूमा सक्रिय सहभागिताको प्रतिबद्धता व्यक्त गरे। पार्टी अध्यक्ष गणेश राईले आफ्नो सम्बोधनमा नवनियुक्त समष्टि अध्यक्षहरूलाई हार्दिक बधाई दिँदै, उनीहरूको कार्यकाल सफल र जनहितमा आधारित होस् भन्ने शुभकामना व्यक्त गरे। उनले सबै समष्टिमा पार्टीका गतिविधिहरूलाई थप सशक्त बनाउँदै आगामी पार्टी स्थापना दिवसलाई अनुशासित रूपमा मनाउन सबैलाई एकजुट हुन आह्वान गरे। बैठकमा पार्टीका आगामी रणनीतिहरू, जनसम्पर्क अभियानहरू, र संगठनात्मक सुदृढीकरण जस्ता विभिन्न महत्त्वपूर्ण विषयहरूमा गहन छलफल भएको थियो। सिटिजन एक्सन पार्टी सिक्किमले सधैं लोकतन्त्र र जनताको हितमा काम गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्यासउँदै, सबै नागरिकहरूलाई पारदर्शिता र समृद्धिको यात्रामा साथ दिन आग्रह गरेको छ।